प्रदेश ५ मा पनि ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ सुरु


नबिल बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ल्याएको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना प्रदेश ५ मा पनि सुरु भएको छ। कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्याङ्नसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तङ्कका आधारमा यो योजना बाग्मती प्रदेशबाट आरम्भ गरिएको थियो।

अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा यो कर्जा काठमाडौ‌ंबाट आरम्भ गरिएको हो। प्रदेश–५ को भैरहवामा पनि कर्जा योजना हालै लागू गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको बताए।

यस योजनाअन्तर्गत साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रुपैयाँसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइने छ। ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकको भनाइ छ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ ल्याइएको बैंकले जनाएको छ।

प्रकाशित मितिः     २० माघ २०७६, सोमबार १६:५१  |