बाँकेमा ३ हजार बढिले सडकमै गर्छन् व्यवसाय


नेपालगन्ज – बाँकेमा तीन हजार बढिले सडकमै व्यवसाय गर्ने गरेको पाइएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को अध्ययन अनुसार, जिल्लाभर ३ हजार २ सय २४ जनाले व्यवसायीका लागि सडक रोजेका हुन ।

सडकमा ठेला वा अन्य कुनै सामाग्री राखेर व्यापार व्यवसायी गर्ने गरिएको पाइएको छ । यस्ता व्यवसायीसंग धेरै परिवार आश्रित रहेका छन् । राष्ट्रिय आर्थिक गणनाका अनुसार, बाँकेमा १८ हजार ६ सय ६६ व्यवसायीक प्रतिष्ठान छन् ।

त्यस मध्ये ३ हजार २ सय २४ जनाले व्यवसायका लागि सडक रोजेका छन् । सटर वा घर भाडामा लिएर व्यवसाय गर्नेको संख्या ६ हजार ४५ छ भने आफ्नै घरमा व्यवसाय गर्नेको संख्या ७ हजार २ सय ४३ रहेको छ ।

सडकमा व्यवसाय गर्नेको संख्या उल्लेखिय रहेकाले स्थानीय तहले नियमन गर्दै आएका छन् । नियमनका नाममा सडकबाटै उठाउने काम समेत भइरहेका छन् । उनीहरुलाई व्यवस्थापन गरेर जिविकोपार्जन गर्ने वातावारण दिनुपर्ने आवाज उठ्दै गएको छ ।

प्रकाशित मितिः     २१ माघ २०७६, मंगलवार १०:०७  |