हिसानको भलिवल प्रतियोगितामा जिभिएन बिजयी


नेपालगन्ज – नेपालगन्जमा जारी हिसान खेलकुद सप्ताह अन्र्तगत भलिवल खेलमा जिभिएन कलेज बिजय भएको छ । आदर्शन माविलाई हराउँदै जिभिएनले खेल जित्यो ।

बाँके र बर्दियाका उच्च माध्यामिक विद्यालयको संस्था हिसानले बिभिन्न खेल सहभागि गराउँदै खेल सप्ताह आयोजना गरेको छ ।

सोही सप्ताह अन्र्तगत मंगलवार भएको फाईनलमा आदर्शलाई २५–१०, २५–२१ सोझो सेटले पराजित गर्दै जिभिएन बिजयी भएको कलेजका संयोजक लोकराज देवकोटाले जानकारी दिए ।

डाईनामिकले तेस्रो स्थान प्राप्त गरेको छ । पहिलो सेटमा डाईनामिक २५–१८ ले विजयी भएको थियो । दोस्रो सेटमा एबीसीले २५–२२ स्कोरले जित निकालेपछि खेल बेस्ट अफ थ्री तर्पm धकेलिएको थियो । अन्तिम सेटमा डाईनामिकले २५–१४ को स्टोरले विजयी हुँदै तेस्रो स्थान पक्का गरेको हो ।

प्रकाशित मितिः     8:04:27 PM  |