फ्लोरी कल्चरका लागि काठमाण्डौं र लखनउ जानुपर्ने बाध्यता हट्यो


नेपालगन्ज २२ माघ – नेपालगन्जमा फ्लोरी कल्चरको डेकोरेसनका लागि काठमाण्डौं र लखनउ धाउनुपर्ने बाध्यता हटेको छ ।

स्थानीय फ्लोरी कल्चर व्यवसाय सन्चालन गरेकाले यसको अभाव अन्त्य गरेका छन् । उनीहरुले उत्कृष्ट डेकोरेसन गर्दै आएको न्यूरोडस्थित फ्लोरल डिलाईट( फ्लोरी कल्चर)को संचालिका निनु पाण्डे बताउँछन् ।

‘पहिला डेकोरेसका लागि काठमाण्डौ वा लखनउमा भरपर्नुपथ्र्यो, अहिले त्यसको अन्तय भएको छ ।’ पाण्डेले भनिन–‘स्थानीय बजारले नै माग पुरा गरेको छ ।’

गिफ्ट पसल र नर्सरीबाट पनि फुल र फुल सजावटको काम फाटफुट यसअिघ नभएको होइन । तर हातले आफै बनाएर काम गर्ने भनेको यहाँको लागि नयाँ हो ।’ पाण्डेले भनिन–‘राम्रो रेस्पोन्स पाएका छौं ।’

पाण्डेको पसलमा आर्कषक फुलहरु पाईन्छ । बुकी बनाएर राखेका फुलहरु उपहार दिन मिल्छ । बिवाहको लागि बरमाला हातले बुनेर बनाईन्छ । जुन किन्न अहिले धेरै आउन थालेका छन् । कार सजावटको काम समेत हुँदैछ ।

सभा, समारोहको सजावटको काममा सक्रिय डेकेरोसेन हुने गरेको छ । उपहार दिन वा सजावटको काम गर्नका लागि फुलहरु ल्याउन लखनउ र काठमाण्डौ जान नपर्ने पाण्डेले बताईन ।

प्रकाशित मितिः     २२ माघ २०७६, बुधबार ०८:३५  |