नेपालगन्जमा फाल्गुन २१ गतेदेखि महोत्सव हुँदै


ए.जि. सर्भिस प्रा.लि नेपालगन्जको आयोजनामा “दोस्रो नेपालगन्ज महोत्सव २०७६” सन्चालन हुनेभएको छ।

बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि यहीँ फाल्गुन २१ गतेदेखि चैत्र २ गतेसम्म महोत्सव सन्चालन हुने औपचारिक जानकारी दिएको हो।

नेपाली गीत(संगीत, कला, संस्कृति , भाषा , पर्यटन ,अध्ययन,आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई देशमा रहेका बेरोजगार युवाहरूलाई रोजगार दिने मुल उद्देश्यकासाथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नेपालगन्ज वडा नम्बर १ स्थित वाटरपार्कको खुल्ला प्राङ्गणमा महोत्सव सन्चालन हुनेछ। महोत्सवमा करिब ३ सय बढी स्टलहरु रहनेछन। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ।

महोत्सव दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सन्चालन हुने एजि सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए। महोत्सवलाई गुणस्तरीय अनि सभ्य बनाउनको लागि उचित आन्तरिक सुरक्षा व्यवस्थासँगै महोत्सव परिसर भरि सिसिटिभी जडान गरिने पनि अध्यक्ष पुनले जानकारी दिए।

बि।सं। २०७५ सालमा पहिलो महोत्सव सफलताका साथ सम्पन्न गरिसकेको एजि सर्भिस प्रालिले दोस्रो संस्करणको रुपमा यो महोत्सव सन्चालन गर्दैछ।पहिलेको महोत्सवमा झैँ यसपटक पनि डान्स प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।

महोत्सवमा दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन म्युजिकल नाइट सोसँगै होमस्टे पनि रहने जनाइएको छ। यसपटकको महोत्सवलाई सभ्य अनि भव्य तरिकाले सम्पन्न गर्नका लागि आयोजक टिम लागि परेको सचिवालय सदस्य राजकुमार बिसीले जानकारी दिए।

प्रकाशित मितिः     4:21:16 PM  |