“टुर डे ठाकुरद्वारा“ तयारी पुरा, १ सय १० जना साइक्लिस्ट सहभागि हुँदै


नेपालगन्ज २२ माघ – नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजना “ टुर डे ठाकुरद्वारा“ को दोश्रो सस्करणको अन्तिम तयारी पुरा भएको छ । गतबर्षबाट नेपालगन्जको नयाँ परिचय स्थापित गर्ने र साइक्लिङ्गका माध्यमबाट देश ( बिदेशका मानिसहरूलाई बाके, बर्दिया भित्रायाउने लक्ष्य सहित उक्त यात्रा शुरु गरिएको थियो ।

गत वर्ष २ अस्ट्रेलियन नागरिक निल मे र रफिल डेभिस सहित जिल्ला बाहिर बाट १७ जना साइक्लिस्टले सहभागिता जनाएका थिए । यसबर्ष पनि एक अस्ट्रेलियन नागरिक निल मे, भारत उत्तर प्रदेश बरेलिबाट रबिन्दर सिह ओबराय र सन्जिभ जिन्दल, अमिर अलि अनि भारत उत्तराखन्डका पर्यटन ब्यबसायी शैलेन्द्र शाह सहभागी हुँदै हुने एभेन्ट डाइरेक्टर सतिश निरौलाले बताए ।

गतबर्ष पनि साइकल यात्राको लिड गरेका बिश्व साइकल यात्री तथा कृतिमानी सगरमाथा आरोही पुष्कर शाह यो बर्ष पनि साइकल यात्राको प्रमुख राइडरको रूपमा सहभागिता जनाउँदै छन् । यो साईकल यात्रालाई हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले समेत सहयोग गरेको छ । त्यस्तै अन्य बिभिन्न प्रतिष्ठान र सामाजिक संस्थाहरुले सहयोग गरेका छन् ।

यसैगरी एकमात्र खुट्टाले साइक्लिङ्ग गर्ने पारा साइक्लिस्ट यमलाल रसाइली , ७७ जिल्ला साइकलबाट पूरा गरेका तेजप्रसाद पराजुली , मेचीमहाकाली साइकल यात्रा पूरा गरेका रेशम केसि अनि खप्तडमा पहिलोपटक साइकल पुर्याएका साहसिक साइकल यात्री भरतबिक्रम शाह समेत यो राइडमा सहभागी हुन नेपालगन्ज आउँदै छन् ।

जिल्ला बाहिर बाट ६५ सहभागी सहित जम्मा १ सय १० जनाले सहभागिता जनाउँदै छन् ।  यो बर्ष टुर डे ठाकुरद्वाराले सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बिश्वास गरिएको निरोलाले बताए । यसबर्षको राइडको रुट नेपालगन्जको बागेश्वरी मन्दिरबाट शुरु गरि नगरपरिक्रमा सहित जानकि गाउँ पालिका, खजुरा गाउँ पालिका, बढैयाताल गाउँ पालिका, गुलरिया नगरपालिका , मधुबन नगरपालिका हुँदै ठाकुरद्वारा सम्मको यात्रा तय गरिनेछ।

खजुरा गाउँ पालिका र स्थानीय को स्वागत खजुराबजार,बढैयातालको अवलोकन पछि बढैयाताल गाउँ पालिकाको आतिथ्यतामा खाजा, गुलरियामा कृष्णसारअवलोकनपछी गुलरिया नगरपालिका को स्वागत सम्मान सहितको खानपिन, मधुबन नगरपालिका को स्वागत सहित लामो पुल को अवलोकन , सामुदायिक होमस्टे डल्ला गाउँ को स्वागत सहित डल्ला गाउँ भ्रमण , ठाकुरबाबा मन्दिर परिसरमा पर्या पर्यटन मन्च र ठाकुरबाबा नगरपालिका को स्वागत सम्मान सहित ठाकुरद्वारामा बसोबास रहने ब्यबस्था मिलाइएको छ।

पर्या, पर्यटन , वातावरण संरक्षण र स्वास्थ्य चेतना समेत जगाउने गरि पाटे बाघको अवलोकन का लागिबिश्व मै उत्कृष्ट ५ औं गन्तव्य को सुचिमा परेको बर्दिया रास्ट्रीय निकुञ्ज र नेपालसरकारले जारी गरेको उत्कृष्ट १०० गन्तव्य को सुचिभित्र परेको ठाकुरद्वारा को प्रचारप्रसार का लागी समेत यो कार्यक्रम बिशेष रहने बिश्वास गरिएको छ । यही माघको २४ गते बिहान् ७ बजे बागेश्वरी मन्दिर परिसरबाट शुरु हुने साइकल यात्रा २५ गते समापन हुनेछ ।

प्रकाशित मितिः     २२ माघ २०७६, बुधबार १७:२५  |