हस्पिटालिटी क्षेत्रमा सिद्धार्थ समूहको २२ औं बर्ष, पूर्वदेखि पश्चिमसम्म शाखा विस्तार


काठमान्डौ माघ २३ । सिद्धार्थ समूहले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ बर्ष पुरा भएकोे छ । बार्षिक उत्सबका अबसरमा सिद्धार्थ समूहका देशैभर रहेका शाखाहरु भोलि गेष्टहरुलाई केक खुबाएर स्बागत गर्ने भएका छन ।

गु्रपका देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, अनाथ गृहमा बस्दै आएका बालबालिकाहरुलाई खाद्य सामाग्री बितरण, सरसफाई कार्यक्रम गरेर बार्षिक उत्सब मनाउने तयारी गरि रहेका छन ।
त्यसै गरी गुल्मीको तम्धास स्थित रेसुङा क्याम्पसका छात्रालाई लक्षित गरेर सेनेटरी प्याड मेसिन उपलब्ध गराउदै छ ।

कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ समूहका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल , रिर्सोट, टे«ड, क्याफे , इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २५ वटा शाखाहरु रहेका छन ।

सिद्धार्थ समूहले पश्चिममा महेन्द्रनगर र झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको छ ।  सिद्धार्थ गु्रपले झापाको बिर्तामोडमा निकट भबिश्य मै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२२ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश समूह अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते देखि माघ मसान्त सम्म सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छ ।  बार्षिक उत्सब कै अबसरमा समूहले आफ्ना शाखाहरुबाट थप गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मितिः     २३ माघ २०७६, बिहीबार ०८:५५  |