राजनाथ सिंहले शिलान्यास गर्दा पनि नेपालगन्ज–रुपैडिया ‘आईसीपी’ को काम शुरु भएन


नेपालगन्ज २४ माघ – भारतका तत्कालिन गृहमन्त्री एवं अहिलेका रक्षामन्त्री राजनाथ सिंहले नेपालगन्ज–रुपैडिया एकिकृत भन्सार जाँच चौकी शिलान्यास गरेको ठ्याक्कै एक वर्ष बित्यो ।

गत वर्ष जनवरीमा भारत तर्फको जाँच चौकीको शिलान्यास गर्न प्रभावशाली राजनीतिज्ञ सिंह आफै आएपछि काम अगाडी बढ्ने उत्साह जागेको थियो ।

नेपाल–भारतको व्यापार व्यवसायमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको एकिकृत भञ्सार जाँच चौकी दुई वर्षभित्र काम सक्ने भनेर उतिबेलै सिहंले भाषण गरेका थिए ।

सिंहले बोलेको वर्षदिन बित्दा समेत काम शुरु भएको छैन् । एकिकृत भञ्सार जाँच चौकीको काम अनिश्चित बनेको छ ।

उक्त एकिकृत भञ्सार जाँच चौकीका लागि नेपालल आफ्नो तर्फबाट गर्नुपर्ने जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ ।

अब सम्पूर्ण पूर्वाधार निर्माणको काम भारतले नै गर्नुपर्नेछ ।

भारतले सबै काम गरिदिएर नेपाललाई एउटा साँचो हस्तान्तरण गर्ने पूर्व सहमति छ ।

त्यसकारण एकिकृत भञ्सार चौकी निर्माणको सबै दायित्व भारतको भएको नेपाली अधिकारीहरु बताउँछन् ।

भारतले उक्त कार्यका लागि टेण्डन आह्वान गर्यो की गरेन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

तर भारतीय पत्रकारहरु चौकी निर्माणको काममा ढिलासुस्ती भएको बताउँछन् ।

केही दिन अघि मात्र दुई देशका प्रधानमन्त्रीले विराटनरमा रहेको एकीकृत भन्सार जाँच चौकी(आईसीपीको) भिडियो कन्फरेन्समार्फत आइसिपिको उद्घाटन गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा मंगलबार भिडियो कन्भेरेन्समार्फत आइसीपिको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

यसले दुई देशबीचको आयात निर्यातले सहज पुग्ने दुवै देशका प्रधानमन्त्रीले बताएका थिए ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ ।

चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।

नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो ।

सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवम् सुविधासम्पन्न आईसीपी निर्माण गर्ने सहमति भएको थियो ।

वीरगञ्जको आईसीपी दुई वर्षअघि नै सञ्चालनमा आइसकेको छ ।

आइसीपीमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी सेवा एकै थलोबाट प्रदान गर्ने योजना छ ।

भारतको सहयोगमा विराटनगरको भन्सार जाँचपास सहजीकरणका लागि बनाइदिएको आईसीपी मंगलबारदेखि नेपालको स्वामित्वमा आएको छ ।

आईसीपी हाताभित्र पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारी आवास भवन, उपचार केन्द्र, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आईसीपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना बनेका छन् ।

यस अघि नै वीरगन्जमा बनेको आईसीपी सञ्चालनमा आइसकेको छ ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप घट्ने छ ।

प्रकाशित मितिः     २४ माघ २०७६, शुक्रबार ०८:२१  |