राष्ट्रिय वाणिज्य बैंकको ‘स्मार्ट बैकिङ्ग’ सेवा


नेपालगन्ज २४ माघ – प्रदेश नंं. ५ मा राष्ट्रिय वाणिज्य बैंकले ‘स्मार्ट बैकिङ्ग’ सेवा शुरु गरेको छ ।

सरकारी बैंक पुरानै ढर्राबाट चलेका छन् भन्ने मान्यतालाई तोड्दै उक्त बैंकले आफ्ना कार्यालय तारे होटल जस्तै चिटिक्क पारेर ‘डोकोरेसन’ गरिरहेको छ ।

कार्यालयको व्यवस्थापन मात्र नभई ‘स्मार्ट’ सेवा प्रवाहमा पनि उत्तिकै ध्यान दिएको बैंकका प्रदेश न. ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् । सेवाग्राही लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न डिजिटल टोकन सिस्टम लागू गरिएको छ भने सेवा प्रवाह छिटो छरितो भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रदेश नंं ५ प्रमुख सुवेदीले सेवाग्राहीको सेवा सेवा प्रवाहमा कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता जनाए । उनले भने,–‘हाम्रो बैंकले प्रभाव गर्ने सेवा यतिबेला प्रभावकारी छ भन्ने सबैले महसुस गर्नुभएकै छ । आगामी दिनमा यसलाई अझ राम्रो बनाउन लाग्छौ ।’


सुवेदीले लगानीका बिशेष क्षेत्र पहिचान गरी ऋण प्रवाह गर्ने रणनीति बनाएको कार्यक्रममा बताए । ‘जस्तो नेपालगन्जमा उद्योग क्षेत्रमा लगानीको सम्भावना राम्रो छ भने खजुरामा कृषि क्षेत्र । जुन ठाउँमा जे कुराको सम्भावना छ त्यसलाई प्राथमिकतामा राखेर लगानी गर्छौ ।’– सुवेदीले बताए ।

उनले सेवाग्राहीको हरेक गुनासालाई आफुहरु हाँसी हाँसी सम्बोधन गर्न तयारी भएको बताए । राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका प्रमुख बिनोद पाण्डेले सेवाग्राहीको मन जितेका कारण एक नम्बर बैंक बन्न सफल भएको बताउँछन् ।

प्रकाशित मितिः     11:14:24 AM  |