हात्तीपाइले बिरुद्धको औषधी खान आग्रह गर्दै जिभिएन स्कुलका शिक्षक, विद्यार्थी घर–घर पुगे


नेपालगन्ज २४ माघ – नेपालगन्ज–१० स्थित जिभिएन स्कुलले हात्तीपाइले बिरुद्धको अभियानमा चलाएको छ । बाँके जिल्लामा धेरै अभियान सन्चालन हुँदा समेत हात्तीपाइले निर्मुल हुन सकेको छैन् ।

सरकारी अभियानलाई जिभिएन कलेजले स्वस्फुर्तरुपमा सहयोग गरेको छ । बिद्यालयका प्रिन्सिपल मानबहादुर थापाको नेतृत्वमा बिद्यालयका शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुले नेपालगन्ज उपमहानगरको नौं नम्बर वडामा घरदैलो अभियान चलाएका थिए ।

अभियान अन्र्तगत हात्तीपाइले बिरुद्धको औषधी सेवन गर्न पर्चा, पम्पलेट वितरण गरेको स्कुलका इन्चार्ज अभिषेक खनालले बताए ।

प्रकाशित मितिः     11:36:14 AM  |