राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ बने ‘म्यानेजर अफ द इयर’


नेपालगन्ज २४ माघ – राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘म्यानेजर अफ द् इयर अवार्ड– २०१९’ बाट पुरस्कृत भएका छन् । शुक्रवार काठमाण्डौंमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिईओ श्रेष्ठ उक्त पुरस्कारबाट सम्मानित भएका हुन ।

श्रेष्ठले बैंकलाई उत्कृष्ट बैंक बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । श्रेष्ठले नेपाल बैंकमा ३० वर्ष सेवा गरेका छन्। एसिस्टेन्ट म्यानेजरबाट २०४३ सालमा प्रवेश गरेका श्रेष्ठ महाप्रबन्धकको जिम्मेवारीबाट अवकाश पाएका व्यक्ति हुन। त्रिभुवन विश्वविद्यालयबाट २०३८ सालमा जनप्रसाशन विषयमा स्नातकोत्तर गरेका छन् ।

नेपाल बैंकमा कार्यरत हुँदा उनी नेपाल इन्स्योरेन्स, आरएमडिसी, कर्जा सुरक्षण निगम तथा कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा पनि
थिए । यस्तै उनी सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा २०५१ सालमा डेढ वर्ष सिइओ बनेका थिए ।

त्यस्तै मेगा बैंककी सिईओ अनुपमा खुँजेली ‘वुमन म्यानेजर रिकोनाइजेशन अवार्ड–२०१९’ बाट पुरस्कृत भईन । बैंक तथा वित्तीय संस्थामा महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृतमा पुग्न त्यति सहज छैन । त्यस्तो अवस्थामा खुँजेलीलाई मेगा बैंक हाँकिरहेकी छन् ।

प्रकाशित मितिः     २४ माघ २०७६, शुक्रबार १४:२८  |