मेयर र उपमेयरले हात्तीपाइले बिरुद्धको औषधी खाए, तपाईले बिर्सिनुभयो की ?


नेपालगन्ज २५ माघ – नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा र उपमेयर उमा थापामगरले हात्तीपाइले बिरुद्धको औषधी सेवन गरेका छन् ।

शनिवार बिहान एक कार्यक्रमका बीच औषधी सेवन गर्दै मेयर र उपमेयरले नेपालगन्जमा हात्तीपाइले बिरुद्धको औषधी सेवन अभियान शुरु गरेका हुन ।

कार्यक्रममा बोल्दै मेयर राणाले कुनै डर र संकोच नमानी औषधी सेवन गर्न नगरवासीलाई अनुरोध गरे ।

‘मैले त औषधी खाए तर पनि केही भएन । तपाईहरु पनि निर्धक्क भएर औषधी सेवन गर्नुहोला ।’– मेयर राणाले भने ।

कार्यक्रममा बोल्दै उपमेयर थापाले हात्तीपाइले जस्तो रोगका बिरुद्ध लड्नका लागि औषधी सेवन गर्नुको बिकल्प नरहेको बताइन ।

प्रकाशित मितिः     २५ माघ २०७६, शनिबार ११:३७  |