बाँकेमा धमाधम लागुऔषध कारोवारी पक्राउ


जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चालु आवको हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एम.एल. कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर वलीले जानकारी दिए ।

बाँके प्रहरीले आ.व. ०७३र०७४ मा १३७ आगुऔषध मुद्धामा १ सय ८०, आव ०७४र०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५र०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

प्रकाशित मितिः     २६ माघ २०७६, आईतवार १७:५३  |