अस्पतालमा सेवा नदिएर बिरामीलाई क्लिनीकमा पठाउने कार्य रोक्न चेतावनी


नेपालगन्ज २७ माघ – राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले भेरी अस्पताललाई अस्पतालमा उपलब्ध सेवा नदिएर बिरामीलाई निजी क्लिनीकमा जान बाध्य नपार्न चेतावनी दिएको छ ।

सोमबार अस्पताल प्रशासनलाई १० सुत्रिय माग सहितको ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो चेतावनी दिइएको हो अस्पतालको सेवा सुविधि प्रभावकारी नहुँदा अस्पतालप्रति आम जनताको विश्वास खस्कदै गएकाले ध्यानाकर्षण पत्रमार्फत सचेत हुन आग्रह गरिएको हो ।

अनेरास्ववियुका बाँकेका संयोजक सुरेन्द्र जंग शाह, सह–संयोजक टेकेन्द्र मल्ल, राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्याल तथा सह–संयोजक आकाश कार्कीद्धारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त ध्यानाकर्षण पत्रमा प्रत्येक ओपिडीहरुमा विशेषज्ञ चिकित्सकहरु अनिवार्य रुपमा बस्ने ब्यवस्था मिलाउनु पर्ने जस्ता माग राखिएको छ ।

अस्पताल परिसरको बाहिर र भित्र रहेका सम्पुर्ण मेडिकल र स्वास्थ्य क्लिनीकहरु हटाई अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधि र अस्पताल ओपिडीबाटै बिहान ९ बजे देखी साझ ५ बजे सम्म अनिवार्य रुपमा सेवा प्रदान गर्ने ब्यवस्था मिलाउनु पर्ने लगाएत १० वटा माग समेटिएको छ ।

प्रकाशित मितिः     4:06:29 PM  |