ईन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विभिन्न प्रतिस्पर्धी कम्पनीहरुको बिचमा आक्रमक योजनाका साथ बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा आफ्नो सेवा बिस्तार गर्न थालेको छ ।
२० वर्ष पहिलेदेखि राजधानी काठमाडौमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको भायनेटले नेपालगन्ज र कोहलपुर क्षेत्रमा पहिलो पटक आफ्नो उपस्थिति जनाएको हो । अन्य ईन्टरनेट सेवा प्रदायक कम्पनीको भन्दा भायनेटको बजार मुल्य निकै कम भएकोले बजारमा छिटै यसले आफ्नो प्रभुत्व जमाउने देखिन्छ ।
भायनेट बाँकेका शाखा प्रवन्धक भानुभक्त रेग्मीका अनुसार ग्राहकले नेट जोड्दा लाग्ने जडान शुल्क बापत रु। २ हजार ५ सय बुझाउनु पर्नेछ जस मध्येमा १ हजार १ सय ३५ रुपैयाँमात्र खर्च लाग्ने र बाँकि बचेको १ हजार ३ सय ६५ रुपैयाँ ग्राहकको आफ्नै नाममा रिफण्डेवल फण्डमा जम्मा हुने र उक्त रुपैयाँ ग्राहकले पछि फिर्ता पाउने छन ।
नेपालगन्जमा लाग्न थालेको क्यान ईन्फोटेकको अवसर पारेर ग्राहकले एक वर्षको नेट जडान गर्दा दुई महिनाको निशुल्क सेवा पाउनेछन अर्थात एक वर्षको शुल्क तिरेपछी चौध महिनासम्म नेट चलाउन पाईनेछ । त्यसैगरी यहि फागुन २० गतेसम्म यो नेट जडान गर्ने ग्राहकले २० गतेसम्म जडान शुल्क बाहेक अन्य कुनै शुल्क तिर्नुनपर्ने रेग्मीले बताए । क्यान महासंघ बाँके शाखाको आयोजनामा यही फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा संचालन हुने ‘क्यान ईन्फोटेक’ मेलाको भायनेट कम्युनिकेशन सिल्भर स्पोन्सर समेत रहेको छ ।
तीन महिनाको २० एमबिपिएस डाटालाई ३ हजार ३ सय, ३० एमबिपिएसलाई ४ हजार ५ सय, ४० एमबिपिएसलाई ५ हजार १ सय र ६० एमबिपिएसलाई ६ हजार ४ सय ५० शुल्क लाग्ने र एक वर्षको २० एमबिपिएस डाटालाई ११ हजार ४ सय, ३० एमबिपिएसलाई १३ हजार ५ सय, ४० एमबिपिएसलाई १५ हजार ३ सय र ६० एमबिपिएसलाई १९ हजार १ सय ५० रुपैयाँ शुल्क लाग्ने शाखा प्रवन्धक रेग्मीले जानकारी दिए ।
माथिका सवै सेवामा नेट टिभीको निशुल्क लाईन जडानको सुबिधा ग्राहकले पाउनेछन् । ग्राहकलाई नेट सुविधा प्रदान गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका सवै वडाहरुमा फाईवर जडान गरिसकिएको छ । नेपालगन्जको पुष्पलालचोक स्थित वाटरपार्क गेटको पुर्व पट्टी रहेको गौरीशंकर टावर भवनको दोश्रो तलामा कार्यालय स्थापना भइ सेवा प्रदान शुरु गरेको र निकट केही दिनमै कार्यालयको औपचारिक उद्घाटन समेत गरिने प्रवन्धक रेग्मीले जानकारी दिए ।