‘उद्यम क्षेत्रमा महिला सहभागि बढाउन मेला आयोजना गर्दैछौ’–निरु रस्तोगी


  • निरु रस्तोगी

प्रथम उपाध्यक्ष
महिला उद्यमी संघ, बाँके

महिला उद्यमी संघ नेपाल (वीन) जिल्ला प्रशासन कार्यालय बाँकेमा २०६० चैत्र १२ मा दर्ता भएको गैरनाफामुलक संस्था हो । स्थापनाकालदेखि महिलाहरुबाट उत्पादित बस्तुहरुको बजार प्रर्बद्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको वीनमा सामाजिक विकास तथा उत्पादनको क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका महिलाहरुको नेतृत्वमा बिभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् ।

महिला उद्यमी व्इवसायीहरुको एउटा सवल, स्वावम्बन, स्वधाीन तथा सुसंगठित मुनाफारहित संस्था संघको रुपमा स्थापना गरी उद्यमी महिलाहरुलाई आत्मनिर्भर भएर आफ्नो व्यवसाय सन्चालन प्रकृयामा संस्थागत विकास गरी देशको आर्थिक विकासमा समेत सहयोग गर्ने मुख्य उदेश्य रहेको छ ।

यस संघले बिभिन्न जिल्लामा छरिएर रहेका महिला उद्यमीद्धारा उत्पादित बस्तुहरु बारेमा ग्राहकहरु र थप लगानी गर्न इच्छुकहरुलाई जानकारी गराउन, महिलाहरुका उत्पादनले रोजगारी सिर्जना र स्थानीय संस्कृतिक संरक्षण गर्न, महिलाका उत्पादनहरुले उद्यम सन्चालनका क्रममा भोगेका समस्या र आगामी रणनीति बनाउनका लागि यही फागुण ४ गतेदेखि १० गतेसम्म नेपालगन्जको बागेश्वरी मन्दिर पूर्वपट्टी ‘महिला उद्यमी प्रोत्साहनका लागि महिलाहरुद्धारा उत्पादित प्रदेशस्तरीय निःशुल्क अवलोकन प्रदर्शनी मेला २०७६’ आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँद छौं ।

प्रदेश ५ का बिभिन्न जिल्लाका महिला दिदी बहिनीहरुको उपस्थिती रहने उक्त मेलामा महिलाहरुले उत्पादन गरेका आर्कषक सामाग्रीको खरिद विक्री हुने छ । त्यस्तै उत्कृष्ट महिला उदमीलाई सम्मान र प्रोत्साहनका कार्यक्रम समेत राखिएका छन् । महिला उद्यमीको प्रोत्साहनका लागि आयोजना गर्न लागिएको यस प्रदर्शनीलाई सहयोग गरिदिनु हुन सम्पूर्ण पत्रकार ज्यू, उद्योगी, व्यवसायी एवं बाँकेबासी दाजुभाई दिदी बहिनीहरुमा अनुरोध छ ।

प्रकाशित मितिः     २ फाल्गुन २०७६, शुक्रबार ११:०९  |