नेपालगन्ज ३ फाल्गुण – नेपालगन्ज–२० राँझामा रहेको होटल ‘द गोल्डेन ब्लिस’ ले बाँकेका पर्यटकीयस्थल जान चाहाने सेवाग्राहीलाई निःशुल्क बस सेवा सन्चालन गर्ने भएको छ ।
होटलका सन्चालक सिताराम यादवले बाँके निकुञ्ज, बागेश्वरी मन्दिर लगायत पर्यटकीयस्थलमा जान चाहाने सेवाग्राहीलाई निःशुल्क ‘पिक एण्ड ड्रप’ गर्ने बताए ।
बाँकेको पर्यटकीयस्थलको प्रर्बद्धनका लागि निःशुल्क बस सेवा सन्चालन गर्न लागिएको हो । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ ।
होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, डिलक्स,स्वीट, कर्पोरेट र सिंगल रुम तयार भएको छ । होटलमा क्यासिनो समेत सञ्चालन योजना छ ।