नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी


नेपालगन्ज ३ फागुन – नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि शनिवार भएको साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर अधिकारी, उपाध्यक्षमा प्रमोद अग्रवाल, महिला उपाध्यक्षमा इन्दिरा महासचिवमा टोपबहादुर थापा, उपमहासचिवमा बिनोद कुमार गुप्ता, कोषाध्यक्षमा आशिष अग्रवाल छन् । त्यस्तै बरिष्ठ सदस्यमा कृष्णप्रसाद मरासानी, सन्जय कौशल, मख्खन धामी, दिनेश गुप्ता, जुमाई इद्रिसी, सेतुली माया श्रेष्ठ, खेमराज माझी, खिमलाल अधिकारी, मनोनित सदस्यमा बुद्धिराज बजगैया, बालकृष्ण सुवेदी र प्रवक्तामा अब्दुल जलिल मन्सुरी मुन्ना चयन भएका छन् ।

सोही अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोद आचार्य समेत सहभागि उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले किराना व्यवसायीको हकहितका लागि संघका तर्फबाट काम गर्ने बताए । आफु समेत किराना व्यवसायीको अभिभावक भएको बताउँदै अध्यक्ष मन्सुरीले किराना व्यवसायीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७६, शनिबार २०:१७  |