दुर्घटनामा निधन भएका सेवाग्राहीलाई सिभिल बैंकले दियो सात लाख बीमा रकम


नेपालगन्ज ४ फाल्गुन – सिभिल बैंक कोहलपुर सम्मान बचत खाता खोलेका सेवाग्राहीको मृत्यु पछि उनका परिवारलाई रु ७ लाखको दुर्घटना बीमा उपलब्ध गराएको छ ।

बैजनाथ गाउँपालिकास्थित भेरी फ्युचर स्कुलका शिक्षक भुवनराज ढुंगानाको केही दिन अघि दुर्घटनामा घाइते भएका थिए । लखनउमा उपचारका क्रममा गत असोज ९ गते उनको निधन भएको थियो ।

उनको परिवारलाई आईतवार बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र बैंकका शाखा प्रबन्धक बसन्त कुमार रेग्मीले चेक हस्तान्तरण गरे ।

शुन्य मौजादमा पनि खोल्न सकिने यस्तो खाताका खातावालको दुर्घटना बीमा सुनिश्चित गर्ने सिभिल बैंक पहिलो हो । शाखा प्रबन्धक रेग्मीले सेवाग्राहीको हितका लागि कार्यक्रम ल्याएको बताए ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७६, आईतवार १२:३९  |