नेपालगन्ज ४ फागुण – नेपालगन्जमा आईतवारदेखि महिला उद्यमी मेला शुरु भएको छ । मेयर धवल शम्सेर राणाले मेलाको उद्घाटन गरे । फागुन १० गतेसम्म चल्ने मेला बागेश्वरी मन्दिरको पूर्वपट्ी आयोजना गरिएको छ ।
मेयर राणा, उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महिला उद्यमी संघका केन्द्रीय अगुवा महिलाहरु सरस्वती शर्मा लगायतले उद्घाटन सत्रमा सहभागिता जनाएका थिए । उपमेयर थापाले महिलाहरुले लोक्ताबाट उत्पादन गरेको चम्पल, झोला खरिद गरेकी थिइन ।
महिलालाई उद्यम क्षेत्रमा सक्रिय बनाउन र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि मेला आयोजना गरिएको महिला उद्यमी संघ बाँकेकी प्रथम उपाध्यक्ष निरुपमा रस्तोगीले बताइन ।
संघको द्धितीय उपाध्यक्ष सावित्रा बस्नेतका अनुसार, प्रदेशस्तरीय मेलामा बाँके, बर्दिया, दाङ्ग, रोल्पा, प्युठान लगायत अन्य जिल्लाका महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखिएको जानकारी दिइन । ४० बढि स्टल बुक भइसकेको बस्नेतले बताइन ।
यसपटक प्रदेशव्यापी मेला आयोजना गरिएको संघको महासचिव रेवती सिंहले जानकारी दिइन । ‘यो मेलाले महिलालाई उद्योग सन्चालनमा प्रोत्साहन थप्ने आशा गरेका छौं ।’– सिंहले भनिन् ।
महिला उद्यमी व्यवसायीहरुको एउटा सवल, स्वावम्बन, स्वधाीन तथा सुसंगठित मुनाफारहित संस्था संघको रुपमा स्थापना गरी उद्यमी महिलाहरुलाई आत्मनिर्भर भएर आफ्नो व्यवसाय सन्चालन प्रकृयामा संस्थागत विकास गरी देशको आर्थिक विकासमा समेत सहयोग गर्ने मुख्य उदेश्य रहेको वीन नेपालको केन्द्रीय सदस्य सरस्वती शर्माले बताइन ।