नेपालगन्ज अर्थात ‘फुडल्याण्ड’ : खानाका पारखीका लागि उत्कृष्ट शहर


पहिलो पटक नेपालगन्जमा पाइला टेक्दै हुनुहुन्छ भने तपाईले नेपालगन्जमा पुस्तौंदेखि चल्दै आएको गुणस्तरीय र स्वादिला परम्परागत खानाका परिकारमा नेपालगन्जीया नौैलो स्वाद पाउनु हुनेछ । विभिन्न धर्म,,सम्प्रदायको बिबिधतायुक्त शहर पनि हो, नेपालगन्ज । जहाँ विविधतायुक्त स्वादका परिकारहरु खान पाईन्छ । हेर्नुहोस् नेपालगन्जमा छुटाउनै नहुने खानाका परिकार यस्ता छन् ।

बिरयानी

नेपालगन्जको बिशेष खानेकुरा हो । बाहिरबाट आउने जोकोहीले यसलाई मन पराउँछन् । बिरयानी चामल र मासु मिसाएर पकाइने खानेकुरा हो । यहाँ मुवारक बिरयानी चर्चित छ । रहिम लगायत अन्य धेरै ठाउँमा बिरयानी पाईन्छ । बिरयानी धेरै ठाउँमा पाइने भएपनि पकाउने व्यक्तिको पाककलाका आधारमा त्यसको स्वाद फरक हुन्छ ।

सेकुवा

जब तपाईं धम्बोझी चोक र बी.पीमा जानुभयो भने त्यहाँ सेकुवाको स्वाद लिन पाउनुहुनेछ । सेकुवा भन्ने बित्तिकै कस्को मुख नरसाउला र ? साँझपख सेकुवा खान धम्बोझी र बिपीचोकमा भिड नै लाग्छ । सेकुवा, मःम, भुटुवा त्यसमा झ्न अचार कस्लाई मिठो नलाग्ला र ?

गोचाली खाजाघर

पश्चिम तराईमा थारु समुदायको बाक्लो बसोबास छ । यो समुदायमा प्रचलित खानेकुराहरु अहिले सबैले रुचाउन थालेका छन् । सिद्रा माछा, ढिकरी, घोङ्गी, बयरको अचार मन पराउनेहरुका लागि गोचाली खाजा घर एकपटक जानैपर्छ । कारकादोमा रहेको गोचाली खाजाघरमा थारु समुदायमा प्रचलित सबै खानेकुरा पाईन्छ ।

रावडी

दुधबाट बनेको बिशेष प्रकारको खानेकुरा हो रावडी । त्रिभुवचोकमा तपाई साँझपख जानुभयो भने सडकमै रावडी खान पाउनुहुनेछ । यसको स्वाद बेग्लै पाउनुहुनेछ । रावडी खानकै लागि धेरै मानिसहरु साँझ त्रिभुवनचोक जाने गरेका छन् ।

पानीपुरी, आलु टिकिया

पानीपुरी र आलु टिकिया ? नाम सुन्ने बित्तिकै सबैको मुख रसाउँछ । तर त्यसको स्वाद प्रत्यक्ष लिन चाहानुहुन्छ भने एकपटक त्रिभुवनचोक जान नबिर्सिनुहोला ।

हलुवा पराठा

नेपालगन्ज आउँदा खान छुटाउन नहुने परिकार हो हलुवा पराठा । हलुवा र पराठा तपाईले जहाँ पनि देख्नुभएको होला अथवा खानुभएको पनि हुन सक्छ । तर नेपालगन्जको चौलिका चोकमा पाइने हलुवा पराठाको स्वाद सायदै अन्त पाउनुहुनेछ ।

चनापुरी

त्रिभुवनचोकमा पुगेपछि चनापुरी खानुको मजा नै बेग्लै हुन्छ । प्राय बिहानपख चना र पुरी ठेलामा बिक्री गरिन्छ ।

लस्सी

नेपालगन्जमा लस्सीको स्वाद नै बेग्लै हुन्छ । यहाँ प्राय ठाउँमा लस्सी पाईन्छ । तर त्रिभुवनचोकको लस्सी बिशेष मानिन्छ ।

पान

नेपालगन्जमा आउने तर पान छुटाउने ? यो असम्भव कुरा हो । कस्तो पान खाने भन्ने निर्णय यहाँले गरे पुग्छ । यहाँ जस्तो पान पनि पाईन्छ ।

काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

‘फेसबुक कभर फोटो’ फेर्दै पूर्वमन्त्रीले लेखे–‘वेलकम टु ड्रिम सिटी नेपालगञ्ज’

प्रकाशित मितिः     ५ फाल्गुन २०७६, सोमबार १०:०७  |