मन्त्रीलाई ५५ करोड कमिसनको प्रस्ताव गर्ने मिश्र को हुन ?


  • सईन्द्र राई/ हिमाल खवरबाट

काठमाण्डौं : सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङमा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो सार्वजनिक भएको छ ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो । स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने मिश्रले टेलिफोन सम्वादमा उल्लेख गरेका छन् । उनले आफूहरुले पनि १५र१६ करोड राख्ने बताएका छन् ।

यसका लागि मन्त्री बाँस्कोटाले कर्मचारीसँग मिलाउने जिम्मा तिनै मिश्रलाई दिएका छन् । कर्मचारीप्रति अपशब्द नै बोल्दै मन्त्री बाँस्कोटाले आफूले प्रस्ताव गर्दा हेप्ने भएकाले मिश्रलाई नै मिलाउने जिम्मा दिएका छन् ।

मन्त्री बाँस्कोटा कञ्चनपुर भएकाले यो प्रकरणमा थप कुराकानी हुन नपाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यता, सार्वजनिक लेखा समितिले भने आजै ९बिहीबार० बिहान ११ बजे यसबारे सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयका सचिवलाई बोलाएको छ । समितिका सभापति भरत साहका अनुसार, यो प्रकरणमा परेको उजुरीमाथि छानबिन भइरहेकाले सम्बन्धित अधिकारीलाई बोलाइएको हो ।

सेक्युरिटी प्रिन्टिङ खरीद प्रकरणमा विजयप्रकाश मिश्र ठेकेदारको एजेन्ट, संसदमा विज्ञ, अनियमितताबारे उजुरीकर्ता र मन्त्रीसँग ७० करोडको बार्गेनिङ गर्ने बहुभूमिकामा देखिन्छन् ।

साहले भने, “सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा पारदर्शिता नभएको उजुरी परेकाले छानबिन भइरहेको छ । आज सम्बन्धित अधिकारीहरुलाई बोलाएका छौं ।”

यसअघि समितिले तिनै मन्त्रीसँग कमिसनको बार्गेनिङ गर्ने बिजयप्रकाश मिश्रलाई छलफलमा बोलाएको थियो । “उजुरीको आधार के हो रु कसरी अनियमितता भएको प्रमाणित हुन्छ रु भनेर मिश्रलाई समितिमा बोलाएका थियौं” सभापतिका साहले भने, “मिश्रले ६ अर्व अनियमितता हुन लागेकाले उजुरी दिएको बताएका छन्, थप छानबिन हुन्छ ।”

उजुरीकर्ता मिश्रलाई समितिले सेक्युरिटी प्रिन्टिङ विज्ञका रुपमा समेत छलफलमा राखिसकेको छ । यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसदहरुले भने आपत्ति जनाएका थिए । एउटै व्यक्तिलाई अनेक रुपमा समितिमा बोलाइएकोबारे सभापति साहसँग सांसद सूर्य पाठकले कारण नै मागेका थिए ।

सभापति साहले भने नेकपाको समेत सहमतिमा रहेको बताए । उनले भने, “मिश्र मात्रै होइन, अर्का इन्जिनियर ९सुधिरराज पाण्डे० पनि आएका थिए । ती इन्जिनियर माओवादी हुन्थे ।ू

सांसद पाठकले हिमाल खबरसँग भने, “ठेकेदार, उजुरीकर्ता र विज्ञका रुपमा समितिमा एउटै व्यक्ति ९मिश्र० लाई कसरी प्रस्तुत गर्ने रु त्यसैले यसबारे आपत्ति जनाएको हुँ ।” मन्त्री बाँस्कोटासँग ७० करोडमा ७०र३० को अनुपातमा कमिसनको प्रस्ताव गर्ने विजयप्रकाश मिश्र स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिलाउन एजेन्टका रुपमा प्रस्तुत भएका थिए ।

तर, उनले राखेको प्रस्ताव भने प्रतिश्पर्धाबाटै बाहिरिएको छ । “बिजयप्रकाश मिश्रले भनेको कम्पनी प्रतिश्पर्धामै नरहेकाले त्यसबारे छलफल हुँदैन, तर फ्रान्स र जर्मनको कम्पनीसँग भइरहेको प्रक्रियाबारे छानबिन हुन्छ” सांसद पाठकले भने ।

जापानबाट फर्किएका लमजुङका बिजयप्रकाश मिश्र स्वीसका विभिन्न कम्पनीसँग नेपाली एजेन्टका रुपमा प्रस्तुत हुँदै आएका छन् । केही समय अगाडि उनी नेपालीहरुलाई जापान पठाउने काम गर्थे । तर, अहिले विभिन्न स्रोत मार्फत शक्ति केन्द्रसँग सम्बन्ध बनाएर एजेन्टका रुपमा बार्गेनिङ गर्नेतिर लागेको उनलाई चिन्ने एक नेताले बताए ।

मिश्रले मन्त्री बाँस्कोटासँग भेटेरै प्रस्ताव गर्ने प्रयास गरेका थिए । नेकपा स्रोतका अनुसार, मन्त्रालयमा भेट हुन नसकेपछि टेलिफोन सम्वाद मार्फत् कुराकानी चलाएका हुन् । तीन महीना अगाडि नै मन्त्री बाँस्कोटासँग मिश्रले यस्तो प्रस्ताव राखेको हुनसक्ने अनुमान गरिएको छ ।

स्रोतका अनुसार, अडियो सार्वजनिक हुँदै गरेको सूचना प्रधानमन्त्री कार्यालय हप्ता दिन अगाडि नै सूचना पुगेको थियो । तर, मिश्रले कमिशनको प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको मन्त्री बाँस्कोटाले जवाफ दिएका थिए ।

राहदानी प्रमाणपत्र, अन्तशुल्क स्टिकर, ब्यांकको चेक लगायत सामग्री छाप्न सरकारले पिन्टिङ प्रेस खरीद गर्दैछ । त्यसैका लागि सरकारले विदेशी कम्पनीसँग सम्झौता प्रक्रिया अगाडि बढाएको छ । शुरुमा बोलपत्र आह्वान गरिए पनि पछि जीटुजी ९सरकार–सरकार बीच० काम गर्ने सरकारले निर्णय गरेको थियो ।

त्यसैका आधारमा फ्रान्स र जर्मनको कम्पनीको प्रस्तावमाथि सरकारले प्रक्रिया अगाडि बढाउँदा मिश्रले सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।

प्रकाशित मितिः     ८ फाल्गुन २०७६, बिहीबार १०:१८  |