यस्ता छन् नेपालगन्ज क्यान इन्फोटेका ८ बिशेषता


नेपालगन्ज १० फागुन – क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी तिव्ररुपमा भइरहेको छ ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ नाम दिईएको उक्त मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले क्यान ईन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने जानकारी दिए ।

मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने बताईएको छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सी।टी। कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने अध्यक्ष शर्माले बताए ।

५ दिनसम्म संचालन गरीने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईने आयोजकले जनाएको छ । मेलाका प्रचार प्रसार समिति संयोजक शरद रिजालले मेला उत्कृष्ट हुन लागेको जानकारी दिए ।

यस्ता छन् नेपालगन्ज क्यान इन्फोटेकका ८ बिशेषता :

१. कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी ।
२. अनलाइन अर्निग, आईटी सचेतना, अनलाइन बिलिगं लगायत बिभिन्न विषयमा दैनिक बृदत प्रर्दशनी ।
३. रोबटिक फाईट प्रतिस्पर्धा ।
४. नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी ।
५.सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता ।
६. पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु ।
७. एग्रीकल्चर ड्रोन को प्रदर्शनी ।
८. फेसबुक, टिकटक प्रतिस्पर्धा ।

प्रकाशित मितिः     १० फाल्गुन २०७६, शनिबार ०८:१७  |