आठ महिना पछि कोहलपुर फर्किदै पर्यटन कार्यालय


नेपालगन्ज ११ फागुन – प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोहलपुरमा पर्यटन कार्यालय सन्चालनमा ल्याउने भएको छ ।

सम्भवत सोमवार विधिवतरुपमा पर्यटन कार्यालयको उद्घाटन गरिने प्रदेश पर्यटन निर्देशनालयका निर्देशक याम बहादुर कुवंरले बताउनुभयो ।

कुँवरका अनुसार, बाँके, बर्दियाको पर्यटकीय विकासलाई प्राथमिकता दिदै प्रदेश सरकारले पर्यटन कार्यालय संचालन गर्ने योजना कार्यान्वयन गर्न लागेको हो ।

यसअघि कोहलपुरमा केन्द्र सरकार मातहतको पर्यटन कार्यालय थियो । उक्त कार्यालयले साविककको मध्य तथा सुदूरपश्चिमका जिल्लाहरु हेर्दै आए पनि प्रदेश र स्थानीय तहमा सरकारी कार्यालय स्थानान्तर गर्ने क्रममा केन्द्र मातहतको कार्यालय प्रदेशमा गाभिएको थियो ।

त्यसपछि कोहलपुरको कार्यालयको रेखदेख इलाका वन कार्यालयले गर्दै आएको थियो । अब भने कर्मचारी सहित कार्यालय सन्चालन हुने निर्देशक कुँवरले बताउनुभयो ।

पर्यटन कार्यालय सन्चालन पछि पर्यटकीय गतिविधि बढाउन र दर्ता, नविकरण जस्ता काममा सहजता आउने पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७६, आईतवार १६:३२  |