नेपालगञ्ज, फागुन १४ गते । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्ष २०७६/७७ का अधिकाँश योजना कार्यान्वयनको चरणमा रहेका छन् । उप–महानगरपालिकाले मङ्गलबार पत्रकार भेटघाट कार्यक्रम गरि विकास निर्माणको कार्य सन्तोषजनकरुपमा अघि बढेको जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल लगायतको उपस्थिती थियो । यहि चैत महिनाभित्र सम्पूर्ण योजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अघि बढाइएको पत्रकार भेटघाटमा प्रमुख राणाले जानकारी दिनुभयो ।
विकास निर्माणका नियमित कामसँगै शिक्षा, स्वास्थ्य विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । १० करोडको लागतमा छात्रा कलेज र एक करोडको लागतमा छात्रावास तथा तीन करोडको लागतमा छात्रा विद्यालय निर्माणाधिन रहेको उहाँले जानकारी दिनुभयो ।
फोहर व्यवस्थापनमा समेत पछिल्लो समय धेरै सुधार भएको छ नगर प्रमुख राणाले बताउनुभयो ।
पत्रकार भेटघाटमा उपप्रमुख उमा थापा मगरले नगरको समग्र विकासका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो ।
नेपालगञ्जलाई आर्थिक शहरको रुपमा विकास गर्न नेपालगञ्ज–पोखरा उडान सञ्चालनका लागि पहल भईरहेको उहाँको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले पुँजीगत खर्च लपनि सन्तोषजनक रहेको बताउनुभयो ।
पत्रकार भेटघाटमा चालु आवमा नगरमा सञ्चालित विकास निर्माणका कार्यसँगै भावी योजना पनि सार्वजनिक गरिएको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । उपमहानगरपालिकाले पत्रकार अक्षय कोषका लागि चालु आवमा चारलाख वजेट विनियोजन गरेको र आगामी वर्ष क्रमशः वजेट थप गरिने जनाएको छ ।
नगर विकास समितिमा जनप्रतिनिधी आएपछि वाटरपार्क परियोजनाको अस्थायी लालपुर्जा वितरण भएको र स्थायी पुर्जा वितरण गरि निर्माणका अन्य काम सुरु गरिने जानकारी दिइएको छ । यस्ता छन् उपमहानगरका सम्पन्न भएका योजनाहरु ।
२०७४ असारबाट निर्वाचित जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेपछि सरोकारवाला सवैपक्षको समन्वय र सहकार्यमा हामी अगाडी बढिरहेका छौं । संघ, प्रदेश र स्थानीय बजेटमार्फत योजना तथा कार्यक्रम कार्यान्वयन गरी नेपालगञ्ज नगरवासीहरुमा वृहत परिवर्तनको अनुभूति दिने प्रयासमा हामीहरु लागिपरेको अवस्था छ । नेपालगञ्ज नगरको विकास प्रति हामी सवैको सकारात्मक चासोको विषयवस्तु बन्नुपर्दछ भन्ने मान्यता हामीले अंगिकार गरेका छौं । नेपालगञ्जको समग्र विकासका लागि सकारात्मक सोच राखी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजनाका साथ उपमहानगरपालिका अघि बढिरहेको सर्वविदितै छ । नगरको विकास निर्माण लगायत समग्र गतिविधिको बारेमा आम नगरबासीलाई जानकारी दिन आज हामी राज्यको चौथो अंगसँग यो छलफल कार्यक्रमलाई अगाडी बढाएका छौं ।
उपमहानगरपालिका परिवार तथा सञ्चारकर्मी ज्यूहरु,
चालु आ.व. २०७६।०७७ मा संचालित मुख्य मुख्य कार्यहरु :
– सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण सम्पन्न भई संचालनका लागि निजी क्षेत्रलाई जिम्मा दिइएको छ ।
– आधुनिक ल्याण्डफिल्ड साईट निर्माण भई संचालनमा आईसकेको छ ।
-एशियाली विकास बैंक मार्फत सञ्चालित परियोजनाबाट हालसम्म ३९ किलोमिटर नाला तथा ३३ किलोमिटर कालोपत्रे निर्माण भईसकेको छ, । चालु आवको ६ महिनामा १० कि।मि सडक उअअ सम्पन्न
-लक्षितवर्ग कार्यक्रम अन्तर्गत ७ ओटा नगरवस रु.३ करोड ४५ लाख ५० हजार ७ सयमा खरीद भई सञ्चालन भईरहेका छन् । बसपार्कसँगै वस संचालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । २०७६ असोज १५ बाट नगर वस संचालन भएकोमा पुष सम्म बस संचालनको अवस्था नाफा मुलक छ ।
– चालु आवका सम्पूर्ण योजनाहरु चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरि कार्ययोजना अघि बढाइएको छ । अधिकाँश योजनाहरु हाल संचालनको क्रममा रहेको अवस्था छ ।
– गत आर्थिक वर्षको आन्तरिक राजश्व संकलन रु.१४ करोड ११ लाख संकलन भएकोमा यस आ.व.मा १७ करोड ४१ लाख संकलन हुने अनुमान गरिएको छ । माघ मसान्त सम्म आय ८ करोड ७५ लाख ६ हजार १९० रुपिया संकलन भईसकेको छ ।
– सम्पत्तीकरको दर गत आर्थिक वर्षको भन्दा न्यून गरिएको छ भने व्यवसाय करको दरमा कुनैपनि वृद्धि गरिएको छैन,
-मंगल मा.वि.मा गल्र्स कलेज निर्माणाधिन रहेको छ भने सल्यानीवागस्थित आधारभुत विद्यालयमा गल्र्स स्कुलको स्तरोन्नती कार्य सम्पन्न भई संचालनमा आईसकेको छ । दुई करोडको लागतमा १८ कोठे भवन निर्माण सुरु छ ।
– नगरका ३९ स्थानमा हाईमाष्ट लाईट जडान कार्य सुरु भएको छ ।
– सडकमर्मत ईकाई स्थापना गरी कार्यान्वयनमा ल्याईएको,
= नेपालगञ्ज राजपत्र ४६ वटा ९एन, नियमावली र कार्यविधि० प्रकाशन गरिएको,
– न्यायिक समितिमा १८ वटा उजुरी प्राप्त भएकोमा न्यायीक प्रक्रिया अघि बढाइएको
-ज्ञघ। कृषि विकास बैंक अगाडी धम्वोझि चोकमा आधुनिक शौचालय निर्माण कार्य सम्पन्न हुनुको साथै भेरी अञ्चल अस्पताल र नापी कार्यालय छेउमा व्यवस्थित शौचालयको निर्माणसम्पन्न भई हस्तान्तरण भईसकेको तथा ११ ओटा वडाहरुमा शौचालय निर्माण अन्तिम चरणमा रहेको,
– आ.व.२०५५÷५६ मा निर्माणभई हाल जिर्णअवस्थामा रहेका ३१ ओटा डिपवोरिङ्ग मध्ये मर्मत संभार भई वडा न.१४ र २२ मा मर्मतसम्भार भई सञ्चालनमा आईसकेको छ । यो आवमा वडा नम्बर २२ सहित प्रदेश सरकारको अनुदानमा थप ८ वटा डिप वोरिङ निर्माण गरिनेछ । पुराना डिपबोरिङ मर्मतसम्भरका लागि उपमहानगरपालिकाले ३० लाख वजेट विनियोजन गरेको छ ।
– नियमित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भईरहेको
– २४७ जना सिमान्तिकृत, गरिव तथा पछाडीपरेका महिला समुदायहरुलाई १ करोड ६३ लाख विनाधितो ऋण लगानी गरिएको, चालु आवमा ४३ जनालाई ३४ लाख २५ हजार ऋण लगानी गरिएको । पुष मसान्तसम्म ५८ लाख ५६ हजार ६७३ रुपिया सावा र ६, लाख १ हजार ४९ रुपिया ब्याज प्राप्त भएको ।
– वडा न.१ मा स्पोर्टस एकेडेमी (ग्रासरुट फुटवल मैदान, लनटेनिशकोर्ट तथा कार्यालय कक्ष) निर्माण कार्यसम्पन्न,। क्रिकेट मैदान निर्माणका लागि वडा अध्यक्ष सुनिलसिंह हमालको संयोजकत्वमा जग्गाको निक्र्योल गरिदैं ।
– पूर्ण खोपयुक्त नगरपालिका घोषणालाई दीगोपना दिन विभिन्न कार्यक्रम संचालन भईरहेको
– प्लाष्टिकमुक्त अभियान सञ्चालनमा रहेको ।
– बैशाखभित्रै यस उपमहानगरपालिकालाई साक्षर नगर घोषणाका लागि अभियान संचालन भईरहेको
– वडा न.२३ र ४ मा निर्माण कार्य सम्पन्न भईसकेको छ, । वडा न. १ मा स्वास्थ्य चौकी निर्माणाधिन रहेको छ भने सबै वडामा आधारभुत स्वास्थय केन्द्र पुगेका छन् । आधारभुत केन्द्र ३,५,७ र ९ को ठेक्का सम्झौता भई कार्य अघि बढेको । वडा नम्बर २,४,६,८,१०,११ र २३ का भवन निर्माणका लागि लागत स्टिमेट गर्ने कार्य प्रक्रिया अघि बढेको छ ।
– न्यूरोडको सौन्दर्यीकरण कार्य सम्पन्न तथा कान्तिताल परियोजना, काञ्जिहाउस निर्माणाधिन रहेको,
-वडाको विकास कार्यलाई छिटोछरितोरुपमा कार्यान्वयन गर्न सम्वन्धित वडा कार्यालयहरुबाट नै खाता सञ्चालन गर्ने कार्य सम्पन्न भएको, वडामा अधिकृतस्तरका कर्मचारी खटाइएको ।
– नेपालगञ्ज उपमहानगरको वृहत सरसफाईको लागि ११ सडकको सरसफाइ भईरहेको ।
– नेपालगञ्ज उपमहानपा वडा न.१ र १८ स्थित वाटरपार्क यसै आर्थिक वर्षबाट शुरुहुनेछ,
– आकाशेपुलको डिपिआर तयार गरी प्रदेश सरकारसमक्ष समपुरक बजेट माग गरिएकोमा धम्बोझीमा आकाशे पुल निर्माणका लागि एक करोड ५८ लाख रुपिया भ्याट बाहेकमा निर्माण सम्झौता भईसकेको, असारभित्र सम्पन्न गर्ने लक्ष्य
– विपन्न पछाडी परेका महिलाका लागि लोकसेवा कक्षा संचालनको प्रक्रियामा रहेको छ । मुस्लिम तथा लोपोन्मुख महिलाका लागि आयआर्जन सहयोग कार्यक्रम सुरु भएको छ ।
– २०३४ सालदेखिका ब्यक्तिगत घटना दर्ता रजिष्टरलाई डिजिटलाईजेशन गर्ने कार्य भईरहेको
– बसपार्कमा यात्रु आगमन÷प्रस्थान सिष्टमको सुरुवात हुनेक्रममा रहेको । बसपार्कमा २३ वटा सिसिक्यामरा जडान तथा मर्मत भएको ।
– नेपालगञ्जलाई महानगरपालिका स्थापनाका लागि डिपिआर गर्ने कार्य प्रक्रिया सुरु गरिएको छ ।
– नगरभित्रका सार्वजनिक सरकारी जग्गाको पहिचान र संरक्षण को काम भैरहेको । हालसम्म नगरभित्र १३२–१६–१४.५ पर्ति, ७०–१०–० पोखरी÷गड्डा, ०–६–० मन्दिर र ३३८–७–४.५ जंगल रहेको छ ।
– विश्व बैंकको पाईलट परियोजनाको रुपमा नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि यस उपमहानगरपालिकालाई छनौट गरेको
– नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानिय तथा प्रादेशिक आर्थिक विकास परियोजना संचालनमा आएको
– राजश्व तिर्नका लागि ई सेवा प्रविधि लागु गरिएको । देशकै नमूनाको रुपमा विद्युतीय गुनासो कक्ष स्थापना गरिएको
– नेपाल प्रहरी संगको सहकार्यमा लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागी नि।शुल्क परामर्श केन्द्र संचालननेपालगञ्ज उप–महानगरपालिकाको भावी कार्यनीति :
– नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिका बनाउनको लागि आवश्यक पहल शुरु भईकेको छ,
– नेपालगञ्जमा विश्वविद्यालय स्थापना तथा नेपालगञ्ज विमानस्थल स्तरोन्नतरीका लागि चालिएको अभियानलाई निरन्तरता दिईनेछ,,
-नेपालगञ्ज उपमहानगरपालिकाको आवधिक योजना निर्माण गरिनेछ,
– घरवहाल दस्तुरलाई व्यवस्थित गर्न न्यूनतम घरवहालकर मापदण्ड तयार गरी लागू गरिनेछ,
– करप्रणाली व्यवस्थित गर्न वडाकार्यालयहरु बाट नै राजश्व संकलन गर्ने कामका लागी सफ्टवेयर जडान प्रकृया संचालन क्रममा रहेको
-उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय कर उठाउने नीति अवलम्वन गरिनेछ,
– सार्वजनिक चासोको विकास निर्माण कार्यमा सवै सरोकारवाला सँग समन्वय गरी कार्यान्वयन गरिनेछ,
– निर्वाचित जनप्रतिनिधिहरुको विविधतामा एकता कायम गरी विकास निर्माण कार्यमा एकजुट भई कार्यसम्पन्न गर्ने नीति अवलम्वन गरिनेछ,
– सरसफाई ढलनिकास, नगर सौन्दर्यिकरण, वातावरण संरक्षण, प्लाष्टिकमुक्त शहरको परिकल्पनालाई दु्रतरुपमा अगाडी बढाईनेछ,
– छाडापशु तथा अव्यवस्थित सवारीसाधनको उचित व्यवस्थापन गरिनेछ,
– नगरलाई साक्षर नगर घोषणा गरिनेछ,
-वडा न.१८ स्थित सुर्खेतरोडमा वडा कार्यालय तथा आयआर्जन वृद्धिका लागि भवन निर्माणको लागि डिपिआर तयार गरिनेछ,
-अस्पतालजन्य फोहरमैला व्यवस्थापन प्रकृया अगाडी बढाईनेछ,
– ३ पांग्रे अटो रिक्सार ठेला गाडा र ब्याट्री रिक्साको ब्यवस्थापनको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिनेछ ।
– प्रत्येक व्यक्तिको घरमा पिउने पानी पुगे नपुगेको यकिन गरि वाश कार्यक्रम सन्चालन हुदैअन्त्यमा, नेपालगञ्ज उपमहानगरपालिकाबाट भए गरेका काम कारवाहीका बारेमा सम्पूर्ण सञ्चारकर्मी लगायत नगरवासीहरुबाट रचनात्मक सुझाव सहित साथ र सहयोगको अपेक्षा गर्दछौ । धन्यवाद ।
प्रस्तुतकर्ता :
प्रमोद रिजाल
प्रवक्ता
नेपालगञ्ज उपमहानगरपालिका
मिति २०७६ फागुन १३ गते