नेपालगन्ज क्यान इन्फोटेकबाट निकै उत्साहित छौं


शिशिर नारायण श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष क्यान महासंघ, बाँके

सूचना प्रविधिको विकासका लागि हामीले आयोजना गर्न लागेको इन्फोटेक मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राख्ने लक्ष्य राखेका थियों । तर स्टल यति धेरै आएका छन् की हामीले थेग्नै सकिरहेका छैनौ । उहाँहरुले हामीलाई निकै उत्साहित बनाउनुभएको छ ।

यहाँ रहो स्टल अन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका छन् ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:५३  |