भुपाल गिरी
पूर्व अध्यक्ष, क्यान महासंघ
साविको मध्य र सुदरपश्चिमाञ्चल क्षेत्रको ब्यापारिक हब बाँके जिल्लामा पछिल्लो राजनीतिक परिवर्तनसंगै सूचना र प्रविधिको विकासमा फड्को मारेको छ । नेपाल सरकारले जिल्लाका आठवटा स्थानीय तहमा आईटी अफिसर नियुक्त गरेको छ । सुखी र सम्बृद्धि नेपालको परिकल्पनाका लागि होस्, स्मार्टपालिका बनाउन आईटि अफिसरको महत्वपूर्ण भुमिका रहेको छ । बाँके जिल्लाका सबैपालिकामा इन्टरनेट पुगेको छ । बिकट गाउँ गाउँमा बिस्तारको क्रममा छ ।
आफ्ना सेवा सुविधा बारे वयभसाईड निर्माण गरिरहेका छन् । यसको अर्थ घरमा बसेर आफ्नो पालिकाको सबै बिबरण हेर्न सकिन्छ । केही स्थानीय तहले आफ्ना मातहतका बिद्यालयमा स्मार्ट बोर्डबाट पढाईरहेका छन् । ई हाजिरीबाट गराईरहेका छन् । यो स्मार्ट शिक्षा पछिल्लो उदाहरण पनि हो । पछिल्लो समयमा बाँकेमा धेरै आईटि कम्पनी सन्चालनमा आएका छन् । सफ्टवेयर डेभलेप गर्ने, वयभसाईड बनाउने, मोवाईल एप्स निर्माण गर्न जिल्ला बाहिर धाउनुपर्ने अवस्था छैन ।
हार्डवेयर तथा सफ्टवेयर सप्लाई गर्ने बिज्ञहरु यही सेवा दिन तयार छन् । आईटि व्यक्ती उत्पादन गर्ने यही धेरै कलेजहरु सन्चालनमा आएका छन् । नीजिक्षेत्रसंग आवद्ध संघसंस्था तथा कम्पनीसंग स्पष्ट नीति बनाएर सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने हो भने यसक्षेत्रका स्थानीय तहले पक्कै सुःखी र सम्बृद्धिको उत्कृष्ट स्मार्ट बाँके जिल्ला बनाउन सकिन्छ ।