व्यवसायीक फर्म नवीकरणको अवसर सदुपयोग गरौं : अब्दुल वाहिद मन्सुरी


नेपालगन्ज : बाँकेमा रहेका बाणिज्य तथा ब्यवसायी फर्म मध्ये १७ हजार बढि फर्मलाई प्रत्यक्ष लाभ हुने गरी सरकारले फर्म नवीकरणको अवसर दिएको छ ।
बाणिज्य कार्यालय नेपालगन्ज अन्र्तगत रहेका ३२ हजार फर्म मध्ये १७ हजार बढि फर्मले नियमित नविकरण समेत नगर्दा ती फर्महरु मापदण्ड बाहिर देखिएका हुन् ।
कार्यालयले समयमै नविकरण नगरेका र दर्ता नभएका तीन हजार फर्महरु खारेज गरेको बाणिज्य कार्यालय नेपागन्जका प्रमुख कृष्ण पौडेल बताउँछन् । उनका अनुसार २०७४ बैशाखदेखि असार मसान्तसम्ममा १ हजार ६ सय ४ जनाले फर्म नविकरण गरेका थिए । त्यसपछि कुनैपनि फर्मले नविकरण नगरेको पौडेल बताउँछन् ।
उनका अनुसार अहिले २९ हजार फर्म छन् । लामो समयदेखि नविकरण नभएका फर्मका कारण नेपालगन्ज उद्योग वाणिज्य संघको राजश्व संकलनमा समेत गिरावट आएको छ भने फर्म नविकरण नगरिएका व्यवसायीहरु बिभिन्न क्षेत्रबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित भएका छन् ।
यसरी मापदण्ड पुरा गरि नविकरण हुन नसकेका फर्मलाई नविकरण गर्नका लागि सरकारले मौका दिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघले अहिले वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जमा हेल्प डेक्स स्थापना गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीले हेल्प डेक्सको उद्घाटन गर्दै सबै व्यवसायीको समस्या सुनिदिएको सरकारलाई धन्यवाद दिए । अब अवसरको सदुपयोग गर्न व्यवसायीलाई उनले आग्रह गरे ।
महासचिव चिरञ्जीवी ओलीका अनुसार सरकारले नविकरण खुल्ला गरेपछि वाणिज्य कार्यालयमा भीडभाड बढि हुने भएका कारणले संघको सहयोगमा यहाँ हेल्प डेस्क राखिएको हो । उक्त डेस्कमा संघले आफ्ना कर्मचारी खटाएकोछ ।


उनले भने –सरकारले नविकरण खुलाएर, नविकरणबाट बञ्चित यहाँका १७ हजार व्यवसायीहरुलाई राहत महसुस गराएको छ । यो कार्य अबदेखि नियमित हुनुपर्छ । उनले थपे–ब्यवसायीले पनि आफ्नो फर्म नविकरण गरि सरकारी मापदण्ड पुरा गर्नेतर्फ बेलैमा ध्यायन पु¥याउन जरुरी छ ।
शुक्रबार बाणिज्य कार्यालयमा स्थापना गरिएको हेल्प डेस्क उद्घाटनमा संघका अध्यक्ष अव्दूल वाहिद मन्सुरी, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन ( १२ औं संशोधन) नियमावली, २०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नविकरणको व्यवस्था मिलाएको हो ।
नयाँ व्यवस्था अनुसार, प्राईभेट फर्म नविकरण गराउन नसकेको प्राईभेट फर्मको धनीले त्यसको मनासिव कारण खुलाई संवत २०७७ असार मसान्तभित्र नविकरण गराउनका लागि दरखास्त दिएमा र त्यस्तो दरखास्त जाँचबुझ गर्दा कारण मुनासिव देखिएमा नविकरण हुने भएको छ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७६, शुक्रबार १८:४५  |