सतर्कतापूर्ण र बैकल्पिक उपायबाट प्रदेशमा भ्रमण वर्षलाई निरन्तरता दिने निर्णय


नेपालगन्ज २३ फागुन : नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रि«य अभियान लक्षित गरी तय गरिएका प्रादेशिक पर्यटन प्रर्वद्धन कार्यक्रमलाई सावधानीका बैकल्पिक उपाय अपनाउँदै सतर्कतापूर्ण तरिकाले सन्चालन गरिने भएको छ ।

कोरोना भाइरसका कारण भ्रमण वर्ष प्रभावित भइरहेका बेला रुपन्देहीमा सम्पन्न प्रादेशिक पर्यटन प्रर्वद्धन समितिको बैठकले यस्तो निर्णय गरेको हो । भ्रमण वर्षको राष्ट्रिय अभियानका संयोनक सुरज बैद्यको संयोजकत्वमा भएको छलफलले कोरोना भाइरसको अवस्था सामान्य नहुँदासम्म विदेशी पाहुना सहितको सहभागितामा भेलाजन्य सन्चालन नगर्ने लगायतका निर्णय गरेको प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समिति, प्रदेश ५ का सचिवालय सदस्य कृष्ण चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार बैठकले प्रादेशिक पर्यटनलाई टेवा पुग्ने पर्यटन गन्तव्यको विकास र सन्चालनको आन्तरिक तयारीलाई भने निरन्तरता दिने निर्णय भएको छ । त्यस्तै छलफलले अन्तर प्रादेशिक पर्यटकीय गन्तव्यको सन्जाल निर्माण गरी आगामी बैठकमा पेश गर्ने तयारी गरेको चौधरीले बताए । उक्त निर्णयले अन्तर प्रदेश पर्यटकीयक्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाई छ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७६, शुक्रबार १९:१४  |