जेठमा ‘युथ आइकन’


सार्मथ्य नेपालले बाँकेका नयाँ पुस्तालाई लक्षित गरेर जेठमा ‘युथ आइकन’ गर्ने भएको छ । विभिन्न विधालाई समेटेर जेठ ६, ७ र ८ गते उक्त इभेन्टको अडिसन आयोजना गर्न लागिएको सार्मथ्य नेपालका निर्देशक बसन्त बस्नेतले जानकारी दिए ।

स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक तथा पत्रकारिता, व्यवस्थापन, कला, राजनीति सहित अन्य विभिन्न विषय समेटेर युथ आइकन घोषणा गरिने छ । जेठ ६,७ र ८ गते अडिसन गर्ने तयारी भइरहेको बस्नेतले बताए । अडिसन नेपालगन्जको होटल रोयल, खजुरामा ज्ञानेदय नमुना मावि र कोहलपुरमा इम्रराल्ड कलेजमा हुने छ ।

जेठ १० गते उद्घाटन, जेठ ११ गतेदेखि प्रशिक्ष, जेठ २४, २५ र २६ गते सेमि फाइनल र असार १ गते ग्राण्ड फाइनल हुने छ । पछिल्लो पुस्ताले लागूऔषध कुलतमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका बेला बाँकेका युवाहरुको समूह सार्मथ्य नेपालले उदाहरणीय काम गर्न थालेको हो ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७६, शनिबार ०९:४९  |