नेपालगन्ज क्यान इन्फोटेक : प्रविधिका बारेमा जान्न नयाँ पुस्ता हुरुक्कै


नेपालगन्ज २३ फागुन : फागुन २० गतेबाट शुरु भएको नेपालगन्ज क्यान इन्फोटेकमा नयाँ पुस्ता प्रविधिका कारण जानकारी लिन हुरुक्कै भएका छन् । नयाँ पुस्ताको प्रविधिप्रतिको आर्कषणले डिजिटल नेपाल निर्माणमा आशा जगाएको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्मा बताउँछन् ।

सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोसिएसन विथ वोल्र्ड लिंक’ शुरु थियो । इन्फोटेकमा उत्साहजनकरुपले सफल भइरहेकोे क्यान महासंघ बाँकेका अध्यक्ष शर्माले बताए । उनले हेर्न आउने जसो नयाँ पुस्ताका दर्शक भएको उल्लेख गरे ।

इन्फोटेक मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल रहेका छन् । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल छन् । इन्फोटेक शनिवार सकिदैछ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७६, शुक्रबार २०:१२  |