नेपालगन्ज २४ फागुन : फागुन २० गतेबाट नेपालगन्ज शुरु भएको क्यान इन्फोटेक शनिवार सम्पन्न भएको छ ।
क्यान इन्फोटेकमा उल्लेखिय आर्कषण देखिएको आयोजक क्यान महासंघ, बाँकेका अध्यक्ष रमणी शर्माले बताए । उनले सूचना प्रविधिप्रति दर्शकको अभिरुची बढेको बताउँदे आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला थपिएको उल्लेख गरे ।
समापन समारोहका प्रमुख अतिथी क्यान महासंघका उपाध्यक्ष रेशम गिरीले डिजिटल नेपाल निर्माणको अभियानमा क्यान इन्फोटेक प्रभावकारी सावित भएको बताए । गिरीले सूचना प्रविधिको विकासका लागि सरकार चनाखो हुनुपर्ने बताउँदै त्यसमा निजीक्षेत्रको सहभागिता रहने स्पष्ट पारे ।
समापनमा क्यान महासंघका केन्द्रीय सदस्य ध्रुवराज शर्मा सुदिप, पूर्व उपाध्यक्ष सन्जय थापा, प्रदेश अध्यक्ष, सचिव लगायतका पदाधिकारीले बोलेका थिए । सोही अवसरमा पब्जी खेलमा प्रथम र द्धितीय हुनेलाई आर्कषक पुरस्कार वितरण गरिएको थियो । क्यान इन्फोटेकमा पवन खड्का, युवराज गिरी, सफल भण्डारी, अनिल डिसीको समूहले प्रथम हुँदै रु ३० हजार नगद प्राप्त गरेको थियो ।
त्यस्तै अधिराज थापा,रजतप्रताप सिंह, सन्तोष बिसी, हरी श्रेष्ठ, अनिल चौधरीको समूह दोस्रो हुँदै रु १५ हजार नगद पुरस्कार पायो । उक्त खेलमा अनिल डिसी उत्कृष्ट हुँदै रु ५ हजार पुरस्कार पाए ।
यस्तै टिकटकमा मोनिका भण्डारी र सेल्फीमा कुवेर बस्नेत उत्कृष्ट हुँदै ५१र ५१ सय पुरस्कार पाए । सफ्टव्ेयर विकास गर्ने ह्याकाथुनमा ऋषीराम देवकोटा प्रथम, अर्जुन पौडेल, प्रशान्त अधिकारी द्धितीय र सरोज बेल्वासे र लौटन थारुको समूह तेस्रो भए ।
सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोसिएसन विथ वोल्र्ड लिंक’ शुरु भएको थियो ।
इन्फोटेक मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल रहेका थिए । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका राखिएको थियो ।