नाट्टा बाँके अध्यक्षमा श्रीराम सिग्देल


नाट्टा बाँके च्याप्टरको कार्यसमिति चयन भएको छ । शनिवार बाँकेको पर्यटकीयक्षेत्र गाभरमा सम्पन्न भएको प्रथम अधिवेशनले अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्ष डिल्लीराम रेग्मी, महासचिव झविलाल शर्मा, सचिव भागिराम वली, कोषाध्यक्ष राम बहादुर श्रेष्ठ, सह-कोषाध्यक्षमा पारश शाहलाई चयन गरेको छ ।

त्यस्तै सदस्यमा शम्भु बुढाथोकी, अजमल सिद्दिकी(कशिम) कुमार चाल्स श्रेष्ठ, लवराज प्रधान, कूलबहादुर के.सी., रहेका छन् । हाल नाटटमा तदर्थ समिति रहेको थियो । नयाँ कार्यसमिति बनेपछि व्यवसायीक हकहित र पर्यटन विकासमा सक्रिय हुने अध्यक्ष सिग्देलले बताए ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७६, शनिबार १९:५४  |