नेपालगन्जमा भित्रिन लागेका ग्याँसको आठवटा बुलेट रुपैैडियामा रोकिए


नेपालगन्ज १३ चैत :-नेपालगन्ज भित्रिन लागेका ग्याँसका आठवटा बुलेट सीमावर्ती भारतीय बजार रुपैडियामा रोकिएका छन् ।

कागजात लिएर रुपैडिया जान लागेका भेरी र मनकामना ग्याँसका प्रतिनिधिलाई भारतीय सुरक्षाकर्मीले रोकेका कारण ग्याँस नेपाल भित्रिन पाएको छैन् । ग्याँस कम्पनीका प्रतिनिधि कागजात लिएर गई भन्सार गरेपछि मात्र ग्याँस आउन पाउने व्यवस्था छ ।

तर बिहिवार बिहान दश बजेसम्म ग्याँस बुलेट रुपैडियामै रोकिए । भेरी ग्याँस उद्योगको ५ र मनकामनाको ३ गरी आठ बुलेट ग्याँस सीमामा रोकिएका हुन । कम्पनीका प्रतिनिधिले यस सम्बन्धमा सरोकारवाला निकायलाई जानकारी गराइसकेको बताएका छन् ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार १०:२३  |