नेपालगन्जको सडकमा सेना


बाँके १३ चैत : कोरोना संक्रमण रोक्नका लागि सरकारले आह्वान गरेको लकडाउन कार्यान्वयन फितलो भइरहेका बेला नेपाली सेना सडकमा परिचालन भएको छ । बिभिन्न ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै सेनाले समेत निगरानी बढाएको छ । नेपाली सेनाले पहिल्यैदेखि स्वास्थ्य परीक्षणमा खटिदै आएको छ ।

नेपालगन्जमा लकडाउन निकै फितलो भएको भन्दै जनस्तरबाट तिव्र बिरोध भइरहेको छ । भारतसग सिमा जोडिएका कारण नेपालगन्ज कोरोनाको संक्रमणका उच्च जोखिममा छ ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार ११:४३  |