नेपालगन्ज १४ चैत : नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका आठ जनालाई होटल सार्मथ्यमा शुक्रवार सारिएको छ । क्वारेन्टाइनको व्यवस्थापन कमजोर भएपछि त्यहाँ रहेका मानिसहरुलाई अन्यत्र सार्न दवाव सिर्जना गरिएको थियो । मानवीय सेवालाई ध्यानमा राखेर सूविधा सम्पन्न होटलमा राख्न सार्मथ्य होटलका सन्चालक तयार भएका हुन । सन्चालक सरोज चन्दले देशमा उत्पन्न बिपत्तीमा मल्हम लगाउन साथ दिएको बताए ।
यो हो नेपालगन्जको क्वारेन्टाइन ! बसेकाहरु भन्छन्,–‘कोरोनाले भन्दा क्वारेन्टाइनले मार्ने डर भयो’