नेपालगन्जमा कोरोना परीक्षण प्रयोगशाला हुने निश्चित, तोकियो बिज्ञ


नेपालगन्ज १६ चैत : नेपालगन्जमा कोरोना संक्रमणको परीक्षण प्रयोगशाला बन्ने निश्चित भएको छ ।

सरकारले यसअघि नै निर्णय गरिसकेको भए पनि बुटवल वा नेपालगन्ज कहाँ राख्ने भन्ने अन्यौलता थियो ।

तर स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार, नेपालगन्ज लगायत सातै प्रदेशमा कोरोना परीक्षण हुने र त्यसका लागि बिज्ञ समेत खटाइसकिएको छ ।

सरकारसँग किनेका र अनुदानका सहित अब करीव एक लाख ‘टेस्टिङ किट्स’हरु छन् ।

सोमबार सबै प्रदेशमा ती सामान र उपकरण पुगेपछि एक साताभित्रै धेरैमा परीक्षण गर्ने तयारी छ ।

एक सातामा सातै प्रदेशबाट ३० हजारभन्दा बढी मान्छेको परीक्षण गर्न सकिने आँकलन भए पनि सरकारले संख्या भने तोकेको छैन ।

विदेशबाट आएर क्वारेन्टाइनमा बसेका वा विदेशबाट आएर पनि स्वास्थ्य परीक्षण गर्न नचाहेकाहरुलाई खोजी–खोजी परीक्षण गर्ने सरकारी अधिकारीहरु बताउँछन् ।

य सकारलाई बढी जिम्मेवारी दिइने छ । धेरैजसो स्थानीय तहले विदेशबाट आएकाहरुको विवरणसमेत संकलन गरिसकेका छन् ।

प्रादेशिक अस्पताल जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज,सुर्खेत र धनगढीमा कर्मचारी तथा विज्ञहरुको टिम खटाइसकिएको छ ।

मन्त्रालयका अनुसार सोमबार बिराटनगर, बुटवल, सुर्खेत र धनगढीका लागि आवश्यक उपकरण तथा चिकित्सक सुरक्षा सामाग्रीहरु सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण हुँदैछन् ।

स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले समाजिक सन्जालमा राख्नुभएको प्रयोगशाला र बिज्ञको सूची । यहाँ नेपालगन्जलाई कर्णाली प्रदेशमा राखिएकोले सच्चाएर पढ्न हुन अनुरोध छ- सम्पादक

प्रकाशित मितिः     १६ चैत्र २०७६, आईतवार २२:०७  |