नेपालगन्ज २० चैत : लकडाउनका समयमा कोरोना भाइरसंग मिल्दोजुल्दो लक्षण देखियो वा अन्य कुनै स्वास्थ्य समस्या भयो भने कहाँ सम्पर्क गर्ने ?
यस्तो अन्यौलमा हुनुहुन्छ भने तपाईले नेपालगन्ज मेडिकल कलेजमा सम्पर्क गर्न सक्नुहुनेछ ।
अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनौडियाका अनुसार हर प्रकारका बिरामीको समस्यालाई ध्यानमा राख्दै अस्पतालले टोल फ्री नम्बर सार्वजनिक गरेको छ ।