कर्णाली प्रदेशको बिपद् कोषमा भाटभटेनीको रु २५ लाख सहयोग


नेपालगन्ज २८ चैत : कर्णाली प्रदेश सरकारको कोरोना भाइरस संक्रमण बिरुद्ध निर्माण गरेको कोषमा भाटभटेनी सुपरमार्केटले रु २५ लाख आर्थिक सहयोग गरेको छ ।

उक्त रकम बराबरको चेक काठमाण्डौंमा वनमन्त्री शक्ति बहादुर बस्नेतलाई भाभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले हस्तान्तरण गरे ।

संघीय सरकारलाई रु १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो ।

वन मन्त्री बस्नेतले प्राप्त सहयोगले कोरोना संक्रमणका बिरुद्ध लड्नका लागि हौसला प्रदान गरेको बताउँदै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताए ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताए ।

प्रकाशित मितिः     २८ चैत्र २०७६, शुक्रबार १५:१७  |