नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाले बिपन्न परिवारलाई भोजन गराउन भन्दै आयोजना गर्ने भनिएको भण्डारा रोक्न सामाजिक क्षेत्रका अगुवाहरुले सुझाव दिएका छन् ।
यसले कोरोना संक्रमणको जोखिम बढाउने भन्दै बिपन्न परिवारलाई राहत दिन अन्य बिकल्प अपनाउन आग्रह समेत गरेका छन् । लायन्स क्लव लगायतका बिभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक क्षेत्रका अगुवा मधुसुदन शर्माले लकडाउन नगर्न सुझाव दिदै उक्त कार्य लकडाउन बिरोधी भएको पनि बताएका छन् ।
जिल्ला समन्वय समिति बाँकेका बिज्ञ समेत रहेका मिन बहादुर मल्ले भण्डारा गर्ने भनी गरिएको निर्णयलाई अपरिपक्क ठान्छन् । यदि अन्य बिकल्प नअपनाई भण्डारा गर्दै हिड्ने हो भने लकडाउन खुल्ला राख्नुपर्ने उनको तर्क छ ।
भण्डारा गर्ने निर्णयले राजनीतिक रंग समेत लिन थालेको छ । राप्रपाका नेता ऋषीराज देवकोटाले भिडभाडलाई सामाजिक दुरी कायम गराई भोका, गरिव बिपन्नलाई आहाराको ब्यबस्थापन गर्नु राम्रो कुरा भएको बताउँदै यस्तो बेला उपमहानगरपालिकाले गर्न लागेको काममा अवरोध सिर्जना गर्न नहुने बताउँछन् ।
भण्डाराका बारेमा उपमेयर-सचेत हुँदै निर्णय कार्यान्वयन गर्नुपर्नेछ