राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय नेपालगन्जद्धारा कोरोना नियन्त्रण कोषमा रु ५ लाख प्रदान


नेपालगन्ज, १ बैशाख : राष्ट्रिय वाणिज्य बैंक लि.५ नं.प्रादेशिक कार्यालय नेपालगन्जले ५ नं. प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रादेशिक कार्यालय प्रमुख आनन्द सुबेदी मार्फत उक्त रकमको जम्मा भौचरबाट प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खातामा रकमान्तर गरेको माननीय मुख्यमन्त्रीका निजी सचिब कृष्णबहादुर केसीले जानकारी गराएका छन् ।

बैकले कोरोना संक्रमणको जोखिम कम गर्न तथा राहत वितरणमा गर्न उक्त रकमले थोरै भएपनि योगदान पुर्याउने तथा ५ नं प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुले समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय स्तरमा समेत सहयोग गर्दै आएको प्रादेशिक प्रमुख आनन्द सुबेदीले जानकारी गराएका छन् ।

प्रकाशित मितिः     १ बैशाख २०७७, सोमबार ०७:३९  |