कोरोना बिरुद्ध यस्तो छ प्रधानमन्त्रीको सन्देश


काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ। कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री र उच्च पदस्थ कर्मचारीलाई सिंहदरबारमा दिएको प्रवचन चर्चित बनेको हो।

भिडियोमा प्रधानमन्त्री ओलीले कोरोनालाई निर्जिव भाइरस भनेर सम्बोधन गरेका छन्। त्यतिमात्रै होइन, उनले तातोपानीले मुख धुन समेत सुझाएका छन्। त्यसैगरी गर्मीको सिजन आइरहेको बेला उनले आइसक्रिम नखान भनेका छन्। मास्कले भाइरस नरोकिने भन्दै चश्मा लगाउन समेत भनिरहेका छन्।

उनले भाइरसलाई निर्जीव तत्व भन्दै गीता ज्ञानतिर जानुपर्ने खतरा हुने भनेर ठट्टासमेत गरेका छन्। भाइरल भएको भिडियोले प्रधानमन्त्री ओलीलाई पुरानै फर्ममा फर्केको देखाएको छ। व्यङ्ग्य र हाँस्यरससहित प्रधानमन्त्रीको भाषण दिने शैली चर्चित छ। विरामी भएयता उनले थोरैमात्र सार्वजनिक अभिव्यक्ति दिएका छन्। तिनमा आलोचनाका शब्दहरु रहे पनि व्यङ्ग्य चाहिँ कम नै थियो। तर, यसमा भने उनी पुरानै शैलीमा प्रस्तुत देखिन्छन्।

कोरोना भाइरसको बाहिरी तहमा बोसो हुने र सोही बोसोले यो भाइरसलाई सजीव अर्थात् जीवित राख्ने ओलीले बताएका छन्।

मुलधारको सत्ता आएपछि ठट्यौली इमेज बनाएका ओलीले संसारलाई तहसनहस पारेको माहामारी कोरोना भाइरसबारे दिएको प्रवचनले उनको आलोचना पनि भएको छ। उखान टुक्का, ठट्टा उनको विशेषता हो।

अहिलेको सम्वेदनशील समयमा पनि ओलीले प्रवचन दिएपछि सामाजिक सञ्जालमा ुभाइरस विशेषज्ञ डाक्टर खड्गप्रसाद शर्मा ओलीु भन्दै आलोचना गर्नेहरु सक्रिय भएका छन्। केहीले ओलीले विभिन्न विश्वविद्यालयबाट लिएका मानार्थ विद्यवारिधी ९पीएचडी डाक्टर० सँग जोड्दै ुभाइरस डाक्टरु भनेका छन्। केहीले बालुवाटारमा नयाँ कुरा पत्ता लगाएको भन्दै नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने भन्दै ठट्टा गरेका छन्। केहीले त बारम्बार अस्पताल गइरहने भएकाले ओली डाक्टरको संगतले डाक्टर बनेको टिप्पणी गरेका छन्।

यस्तो छ ओलीको कोरोनामाथिको प्रवचन

कोरोना भाइरस भनेको निर्जीव तत्व हो। निर्जीव तत्वमा बोसो ९फ्याटिय० तत्वले यसलाई जिवित तत्वका रुपमा सक्रिय गराइदिन्छ।

त्यसकारण तातोपानीको बाफ लिने, तातो पानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने, हात धुँदाखेरि सकिन्छ भने तातोपानीले धुने, मनतातो पानीले मुख धुने, यो ठूलो विधि हो।

भाइरस छ भने पनि तातोपानीले हात धुने बितिकै त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ। मर्ने होइन। त्यसको जुन जीव तत्वको रुपमा बाहिरी लेयरको बोसोयुक्त तत्व, जसले उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ।

भाइरस किन मार्न सकिँदैन भन्दा त्यो निर्जीव तत्व हो। त्यसकारण निर्जीव तत्वको गीता ज्ञानतिर जानुपर्ने खतरा हुन्छ ९हाँस्दै०। यो निर्जीव तत्व हो। त्यसकारण यसलाई मार्न सकिँदैन। जसको जीवन छैन, त्यसलाई कसरी मार्नेरु त्यसकारण यो मर्दैन। यसलाई जीव तत्वको रुपमा सक्रिय गराउने इलिमेन्टहरु छन्। ती इलिमेन्टहरुबाट हामी मुक्त हुने हो।

म साथीहरुलाई भन्न चाहन्छु । मास्कमात्र लगाएर पर्याप्त हुँदैन। मास्क सँगै चश्मा पनि लगाउनुस्। सबभन्दा बढी छिटो सर्ने मुखबाट, त्यसपछि दोस्रो आँखाबाट, त्यसपछि मात्रै नाकबाट सर्छ। आँखाबाट छिटो सर्छ। त्यसकारण भरसक चश्मा लगाउनु वाञ्छनीय हुन्छ।

प्रकाशित मितिः     ७ बैशाख २०७७, आईतवार ०७:४८  |