महेन्द्रपार्क आसपास बस्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण शुरु


नेपालगन्ज २० बैशाख —नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि त्यस क्षेत्रका सर्वसाधारणको स्वाब परीक्षण शुरु गरिएको छ ।

सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मीले स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका हुन । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका आंशकामा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थयकर्मीले सावधानी अपनाइने र यसमा नआत्तिन स्थानीयलाई आग्रह गरेका छन् । नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।

प्रकाशित मितिः     २० बैशाख २०७७, शनिबार ११:०४  |