कृषी उत्पादनमा परनिर्भरता तोड्ने अवसर छ : दामोदर आचार्य


  • दामोदर आचार्य

कोरोना भाईरस (कोभिड-१९) को कारण अहिले विभिन्न पेशा व्यवसाय सञ्चालन गरिरहेका व्याक्तिहरु गाउँ घर फर्किएका छन् । खासगरी पेशा व्यवसाय ठप्प भएको कारण, अध्ययन अध्यायपन बन्द भएको कारण र अन्य विविध करणले मानिसहरु गाउँ घरमा भरिएका छन् ।

यस्तो बेला कृषी उत्पादनलाई बढोत्तरी गर्न सकिने प्रशस्त सम्भावना छ  । देशकै प्रमुख शहरका रुपमा रहेको नेपालगन्जका बारेमा मात्र कुरा गर्ने हो भने पनि कृषी तथा कृषीजन्य सामाग्रीको खपत धेरै हुने गरेको छ । यहाँबाट अन्यत्र पनि विक्री हुने गरेको छ ।  प्राय भारतबाट तरकारी आयात गरिन्छ । कोरोना संक्रमणका बेला यसरी तरकारी आउँदा जोखिम बढेको छ । त्यस्ता तरकारी बन्द गरी स्थानीय तरकारी उत्पादक कृषकलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

स्थानीय उत्पादन खरिद गर्दा एकातिर कोरोनाको जोखिम हुँदैन भने अर्को तर्फ स्थानीय कृषी उत्पादनले बजार पनि पाउँछन् । कोरोनाले गर्दा सबै उद्योग, कलकारखाना बन्द भएका कारण धेरैको रोजगारी गुमेको अवस्थामा कृषी उत्पादन क्षेत्रलाई प्रोत्साहन दिन सकियो भने पक्कै पनि थप रोजगारी सिर्जना हुने देखिन्छ । कृषी उत्पादनलाई बृद्धि गर्दा अहिले गुमेको रोजगारी समेत फिर्ता ल्याउन सकिन्छ । तीन तहका सरकारले त्यतातर्फ योजना बनाउन जरुरी छ । म त भन्छ आउने बजेट यतै तर्फ केन्द्रीत हुनुपर्छ । ध्वस्त भएको अर्थतन्त्रलाई उकास्न कस्ता कार्यक्रम आउँछन् भन्नेमा पनि सबैको नजर छ ।

गाउँमा शंक्रमणको जोखिम कम हुने आशा सहित विभिन्न स्थानबाट गाउँमा जाने र बस्नेहरुको संख्या बढेको छ । यो मैसम भनेको गाउँघरमा मकै छर्ने, विभिन्न तरकारी जन्य बस्तु लगाउने र फलफुल रोप्ने समय हो । यो पटक मौसमले समेत समयमा नै साथ दिएको कारण प्रदेशका विभिन्न पहाडी जिल्लाहरुमा मर्के छर्ने काम समेत सुरुवाद भएको छ ।

यसरी गाउँमा जम्मा भएकाहरुले गाउँलाई नै हराभरा बनाउने एउटा महत्वपूर्ण अवसर रहेको छ  अहिले पनि खेतबारी बाँझो भएको कारण सुरुका दिनमा घरमा उपभोगको लागि तरकारी लगायतका बस्तु अभाव हुनु स्वभाविक भएपनि यो समयमा भने तरकारी रोप्ने, आफ्नै घरमा फलाउने महत्वपूर्ण अवसर अझै पनि बाँकी रहेको छ।

किसानले उत्पादन गरेको कृषि जन्य उत्पादन विक्रि भएन भनेर उपभोक्ता सम्म लैजाने वातावरण मिलाउनु तत्कालको लागि राम्रो हो, तर दिर्घकालीन रुपमा घरमा नै तरकारी जन्य उत्पादन बढाउने तर्फ गाउँ घरमा रहेका व्याक्तिहरुलाई समेत उत्प्रेरणा प्रदान गर्ने महत्वपूर्ण अवसर समेत रहेको सरोकारवाला निकायको भनाई छ ।

खासगरी कोरोनो भाईरसको कारण त्रासमा रहेका व्याक्तिहरुलाई मनोसामाजिक रुपमा समेत सान्तना प्रदान गर्नको लागि र उनीहरुलाई अन्य काममा समेत लिप्त बनाउनको लागि तरकारी खेती, करेसावारी काम, गाउँ घर सरसफाई, सामाजिक विकास निर्माणका काम गर्ने महत्वपूर्ण अवसर रहेको छ ।

स्थानिय तहहरुले आफ्नो नियमित अनुदान वा सहयोगको कार्यक्रमलाई कटौती गरी अहिलेको अवस्थामा सहयोग गर्नुपर्ने अवस्था रहेको छ । यस तर्फ स्थानिय तहको समयमा नै ध्यान जानुपर्ने सरोकारवालाहरुको भनाई छ । कोरोनाका कारण अर्थतन्त्र ध्वस्त भएको छ । राज्यलाई यसका लागि राहत प्याकेज ल्याउन जरुरी छ । त्यसरी राहत प्याकेज आउनेमा म आशावादी पनि छु ।
(नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका नेपालगन्जका प्रतिष्ठित व्यक्तित्व आचार्यसंग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मितिः     12:37:46 PM  |