खजुरा गाउँ कमिटिलाई नेकपा नेता रत्न खत्रीले दिए २० बोरा चामल


नेपालगन्ज २१ बैशाख : नेकपा बाँकेका संगठन विभाग प्रमुख रत्न खत्रीले खजुरा गाउँपालिका कमिटिलाई व्यक्तिगतरुपमा २० बोरा चामल प्रदान गरेका छन् ।

नेता खत्रीले गाउँ कमिटि अध्यक्ष राजकुमार बिकलाई उक्त चालम राहत स्वरुप सहयोग गरेका हुन ।

नेकपा खजुरा गाउँ कमिटिले कोरोना संक्रमणका बिरुद्ध सक्रियतापूर्वक काम गरिरहेको छ । त्यसका लागि टोलटोलमा सुरक्षा उपाय अपनाइरहेको छ भने लकडाउनका क्रममा कोही पनि भोकै बस्न नपरोस् भनेर हुनेले नहुनेलाई सहयोग गर्नुपर्ने अभियान समेत सन्चालन गरिरहेको छ ।

सोही अभियानलाई सहयोग पुर्याउन नेता खत्रीले व्यक्तिगतरुपमा चामल सहयोग गरेका हुन । नेता खत्रीले स्वस्फुर्तरुपमा हुने नागरिकले नहुनेलाई सहयोग गर्दा त्यसले आत्मियता झल्किने र कोरोना संक्रमण बिरुद्धको लडाई जित्न सकिनेमा जोड दिएका छन् ।

प्रकाशित मितिः     २१ बैशाख २०७७, आईतवार ०९:०१  |