नेपालगन्ज २३ बैशाख: कोरोना महामारी नियन्त्रण गर्नका लागि प्रहरी स्थानीयबासिन्दा मिलेर काम गर्नुपर्नेमा उल्टो भिडेका छन् । त्यो पनि कोरोना संक्रमित धेरै भेटिएको ठाउँ नेपालगन्जमा ।
सोमबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भयो । उनीहरु एकअर्काप्रति आरोप लगाइरहेका छन् ।। झडपमा परी दुई स्थानिय सामान्य घाइते भएका छन ।
स्थानीयले प्रहरी सवार बा १ झ ८२८४ नम्बरको सरकारी गाडी ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
प्रहरीले लकडाउन उल्लघंन गर्ने ब्यक्तिहरुलाई हटाउन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा भएको बताएका छन ।
यद्यपी स्थानियहरुले भने प्रहरीले पसल संचालकलाई कुटपिट गरेपछी झडप भएको बताएका छन ।प्रहरी प्रशासनले लकडाउन कार्यान्वयन गर्न सक्रियता देखाउँदा समेत स्थानीयबासिन्दाबाट उल्लंघन हुँदै आएको छ ।