शुक्रबारदेखि नेपालगन्जमा चार घण्टा अत्यावश्यक पसल खुल्ने


 

नेपालगञ्ज, बैशाख २५ । नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विहान ११ देखि ३ बजेसम्म अत्यावश्यक पसल सञ्चालन हुने भएका हुन । प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खड्काले अत्यावश्यक काममा निस्कने ब्यक्तिले कुनैपनिसवारी साधन सञ्चालन गर्न नपाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

११ बजेभन्दा अगाडी र ३ बजेपछि आवागमन गर्न नपाइने प्रशासनले जनाएको छ । बाँके प्रशासनले बैशाख २३ देखि आजराती १२ बजेसम्म मानिसहरु घरबाहिर निस्कन नपाउने गरि  नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मितिः     २५ बैशाख २०७७, बिहीबार १८:२४  |