स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसर


नेपालगन्ज २६ बैशाख : सरकारले बैशाख २६ गतेदेखि बिभिन्न ४४ प्रकारको उद्योेग खोल्ने निर्णय गर्यो ।

त्यसअघि प्रदेश नं.५ सरकारले स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालन गर्न दिइने निर्णय गरेकोे थियो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यका लागि लागि प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरणभनिएको छ ।

अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्वन्धित पालिका भित्रकै श्रमिकहरुलाई उपयोग गर्ने र दक्ष कामदारका हकमा प्रदेश भित्रबाट उपलब्ध गराउन सकिने निर्णय भएको छ ।

यसका लागि पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिने ब्यबस्था मिलाउने छन् । प्रदेश सरकारले भनेजस्तै यतिबेला कोरोना कहरले स्वदेशमा रोजगारी सिर्जना गर्ने अवसर दिएको छ ।

तराईका जिल्लामा रहेका धेरै उद्योगी भारतीय कामदारमा निर्भर छन् । उनीहरु यतिबेला आउन नसक्दा सरकारले सन्चालन अनुमति दिएका उद्योगहरु पनि सन्चालन हुन सक्ने अवस्था छैन ।

ठूला उदोगमा अधिकांस कामदार भारतीय छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भारतीय कामदारमा निर्भर रहेका उद्योग तत्काल सन्चालन हुन नसक्ने बताउँछन् । बिकल्पमा स्वदेशमै दक्ष जनशक्ति तयार गरी उद्योग सन्चालन गर्न सकिने उनले जनाए । तर त्यसका लागि थोरै समय भने लाग्छ ।

नेपालगन्जमा रहेका ठूला उद्योगीहरु भारतीय कामदार राखेर उद्योग चलाउनु आफुहरुको रहर नभई बाध्यता भएको बताउँछन् । दक्ष जनशक्तिको अभावमा भारतीय कामदार प्रयोग गर्नुपर्छ ।

अब भनेर कोरोना कहरलाई सदुपयोग गर्दै स्वदेशकै मानिसहरुलाई तालिम दिएर रोजगारी र्सिजना गर्न सकिने उनीहरुको भनाई छ । संघका अध्यक्ष अन्सारीले सरकारीले योजना ल्याए निजीक्षेत्र स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा सहयोगी हुने बताउँछन् ।

यि क्षेत्रका रोजगारी गुम्दै छ

प्रकाशित मितिः     २६ बैशाख २०७७, शुक्रबार १७:२८  |