२४ जना कोरोना संक्रमित भएको नेपालगन्जमा बैंकमा लाग्यो भिड


नेपालगन्ज २८ बैशाख : नेपालगन्जमा हालसम्म २४ जना कोरोना संक्रमित भेटिएका छन् । धेरै संक्रमित भएपछि नेपालगन्ज रेड जोनमा छ । उच्च सतर्कता अपनाइएको छ । अझै कयौंको स्वाब परीक्षण गर्ने काम जारी छ ।

यस्तो बेला पनि सामाजिक दुरी कायम नगर्ने र लकडाउन तोड्न काम यथावत छ । माथिको तस्विर सांग्रीला बैंक अगाडीको हो । बिहान बैंक खुल्ला साथ ढोका अगाडी लागेको भिडले के संकेत गर्छ । न सामाजिक दुरी न कुनै स्वास्थ्य सुरक्षा उपाय नै अपनाइएको छ । सांग्रिला बैंक मात्र होइन अधिकांस बैंकको अवस्था यस्तै छ ।

सरकारले बैशाख २६ गतेबाट ४४ प्रकारका उद्योग कलकारखाना र बैंक एवं वित्तीय कार्यालय खोल्न अनुमति दिएको छ । तर नेपालगन्ज जस्ता संवेदनशिल शहरका भने अन्य जिल्लाको जस्तो सामान्य तरिकाले उद्योग, बैंक खोल्न दिने नदिने निर्णय भने प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोही आधारमा बाँकेमा अवस्था सामान्य नहुँदासम्म उद्योग खोल्न नदिने प्रशासन स्रोतले बताएको छ ।

तर बैंकमा भने निस्पिक्री जस्तै छ । कसैले नियमन गरिएको पाइएको छैन । यस्तो कामबाट कोरोना संक्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । बैंकका कर्मचारी समेत त्रसित छन् । उनीहरुसंग कुनै सुरक्षाको उपाय छैन । तर पनि आईतवारबाट सबै बैंक तथा वित्तीय संस्था सन्चालनमा आएका छन् ।

प्रकाशित मितिः     २८ बैशाख २०७७, आईतवार ११:५४  |