सामाजिक दुरी कायम गर्दै अस्पतालमा ओपीडि सेवा शुरु


  • रबिन्द्र सिंह ठकुरी

नेपालगन्ज ३१ बैशाख : देशभरी रहेका बिभिन्न ठाउहरु अस्तब्यस्त रहेका छन । अस्त ब्यस्तका बाबजुद नेपालगन्ज मेडिकल कलेज कोहलपुरले स्थानिय बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै ओपिडी सेवा खुल्ला गरेको छ ।

बिहान ९ बजेदेखि १ बजेसम्मका लागि निश्चित समयका लागि सेवा खुल्ला गरेको हो। आगामी दिनहरुमा बिरामीहरुको चापलाई मध्यनजर गर्दै सेवा बिस्तारलाई अझै खुकुलो बनाउदै लैजाने समेत अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा ओपिडि सेवा खुलेसंगै स्थानियहरु आफुहरुले सिधै डाक्टरसंग भेट गरि आफ्ना समस्याको समाधान पाउने भएका कारण खुसि भएका छन । जसले् गर्दा आजका दिनसम्म बिरामी हुदा पनि अस्पताल जान त्रासपुर्ण रहेको भएता पनि केहि सहजताकालागि अस्पतालले यस्तो कदम चाल्नु राम्रो भएको स्थानियले बताए । यसरी बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै सेवा संचालन गरेकोमा धन्यवाद समेत दिए ।
ओपिडि सेवा शुरु भएसंगै अस्पतालमा चेकअपका लागि आउने बिरामीहरुको संख्या बढेको छ ।

अस्पतालमा चेकअफ गर्न आएका बिरामीहरुले यसलाई सामाजिक दुरी कायम गर्दै, सामान्य कोरोनाको चेकअप गरि परिक्षण गर्नु पर्ने रागब थारुले बताए । उनले भने स्वास्थ्य सेवा मानबिय जिबनमा अनिबार्य भएको हुदा पनि यसरी ओपिडि सेवा गरेकोमा आफुहरुलाई राम्रो लागेको समेत बताए ।

अस्पतालमा बिरामीहरुको पहिचान गरि ब्यबस्था मिलाउनु पर्ने स्थानिय मणिराज ढुंगेलले बताए । उनले भने आफुह पनि सेवाका लागि लाईनमा रहेकोसमेत उनले बताए ।

अस्पतालले स्थानियहरुको समस्यालाई मध्यनजर गर्दै अस्पतालले ओपिडि सेवा शुरु गरेको हो । ओपिडि सेवा शुरुगरे पश्चात बिरामीहरुलाई सेवा दिनका लागि बिहान ९ देखि १ बजेसम्म सेवा दिने ब्यबस्था गरेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपनिर्देशक डा।दिनेश श्रेष्ठले बताए ।

अस्पतालले तत्कालकालागि मेडिसिन, सर्जनी,बालरोग बिभाग, गाइनो बिभाग र नाक कान घाटीका बिरामीलाई सेवा दिने गरेकोसमेत श्रेष्ठले बताए । उनले भने दैनिक ५० देखि ६० जना बिरामीको चेकजाँच गर्ने र बिस्तारै बढाउदै लैजाने पनि उनले बताए ।

यसरी अस्पातालले ओपिडि सेवा खुला गरेसंगै बिस्तारै अस्पतालमा अन्य बिरामीहरुको पनि चाप बढ्दै गएको छ । यसरी सेवा संचालन गर्दा कोभिड, बिरामीहरु पनि आउने भएको हुदा अज बढि सजगता अपनाउन जरुरी रहेको पाईन्छ । यसरी ओपिडि शुरु गर्दै गर्दा र बिरामीहरुलाई सामाजिक दुरी लगाएतका साबधानी नपनाएको खण्डमा ठुलो समस्या नआउला भन्न सकिदैन ।

प्रकाशित मितिः     ३१ बैशाख २०७७, बुधबार ११:२२  |